नगरका जनताको स्वास्थ्यप्रति पूर्ण सचेत छौं : मेयर यादव
जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ्यप्रति पूर्ण सचेत भई डेंगुबाट बच्न अगावै सतर्कता अपनाएको नगप्रमुख यादवले जनाए ।

२०७६ असार १५ आइतबार, दिउँसो ३:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले नगरका जनताको स्वास्थ्यप्रति पूर्ण सचेत रहेको जिकिर गरेका छन् ।
मिर्चैया नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा आईतबारदेखि शुभारम्भ गरिएको ४ दिने डेंगु, ज्वरो नियन्त्रण सम्बन्धि कार्यक्रम अन्तर्गत पहिलो दिनको अभिमुखिकरण कार्यक्रमलाई उद्घाटन गर्दै नगरप्रमुख यादवले विकास पूर्वाधारको मूल तत्व मानिएको स्वास्थ्यप्रति सचेत रहेको बताएका हुन् ।
प्रदेश २ को सप्तरी जिल्लाका विभिन्न स्थानहरुमा डेंगु संक्रमण फेला पर्न थालेपछि सम्भावित प्रकोपलाई मध्यनजर गर्दै सिरहाको मिर्चैया नगरपालिकाले डेंगु, ज्वरो नियन्त्रण सम्बन्धि सचेतना मूलक कार्यक्रम आयोजन गरेको हो ।
जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ्यप्रति पूर्ण सचेत भई अगावै सतर्कता अपनाएको नगप्रमुख यादवले जनाए । लामखुट्टेको टोकाईबाट डेंगु सर्ने गरेको र पानी जम्ने ठाउँमा लामखुट्टे सक्रिय हुने भएकाले यसबाट बच्न नगरबासीलाई सचेत हुन आग्रह समेत गरे ।
आईतबार (आज) देखि सुरु गरिएको कार्यक्रम अन्तर्गत आज अभिमुखिकरण गरिएको छ भने १६, १७ र १८ गते ३ दिन फिल्डमा गएर नगरका जनतालाई डेंगु रोग, यसका लक्षण र बच्ने उपायका विषयमा जानकारी, सचेतना दिइने स्वास्थ्य शाखा संयोजक सुरेश सिंहले जानकारी दिए ।
उद्घाटन सत्र कार्यक्रमको प्रमुख अतिथिका रुपमा नगरप्रमुख श्रवण यादव सहभागी थिए भने अतिथिका रुपमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएपी सुकदेव खनाल, जनप्रतिनिधि लगायतका सहभागी थिए । कार्यक्रममा नगरका विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, स्वयंसेविका, बुद्धिजिवी लगायतको उल्लेख्य सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…