धनुषाधाम नपामा पोषण प्रवद्र्धनका लागि यस्तो कार्यक्रम !
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा गर्भवती तथा सुत्केरी महिला बालबालिका र किशोर किशोरी लक्षित पोषण प्रवद्र्धन कार्यक्रम गरिएको छ । धनुषाधाम नपा स्थित प्राथमिक अस्पतालमा आधारभूत खोज शिक्षा तथा समाजिक विकास संस्थाको सहयोग र नगरपालिकाको आयोजनामा एकदिने जनचेतना मूलक कार्यक्रम गरिएको हो ।

२०७६ असार ११ बुधबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा गर्भवती तथा सुत्केरी महिला बालबालिका र किशोर किशोरी लक्षित पोषण प्रवद्र्धन कार्यक्रम गरिएको छ ।
धनुषाधाम नपा स्थित प्राथमिक अस्पतालमा आधारभूत खोज शिक्षा तथा समाजिक विकास संस्थाको सहयोग र नगरपालिकाको आयोजनामा एकदिने जनचेतना मूलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागी यज्ञभुमी स्वास्थ्य चौकीका ईन्चार्ज बिजय महासेठले यस कार्यक्रमले स्वास्थ्यप्रतिको सबैको चेतना बढाउने विश्वास लिए । उनले यस किसिमको कार्यक्रम समाजमा ल्याउनु प्रसंशनीय काम भएको बताए । यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह समेत गरे ।
स्वास्थ्य संयोजक शैलेन्द्र कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा यज्ञभुमी स्वास्थ्य चौकी ईन्चार्ज बिजय महासेठ, नगरकी मनिसा यादव, महिला, किशोर तथा किशोरीहरुको सानदार सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…