मिर्चैयामा महिला तथा सरसफाई लक्षित २ दिने तालिम
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा महिला तथा सरसफाई लक्षित २ दिने तालिम सुरु भएको छ । मिर्चैया कटारी चोकस्थित रोयल पार्टी प्यालेसमा मिर्चैया नगरपालिकाको सहयोग तथा सनराईज सामुदायिक विकास केन्द्र मिर्चैयाको आयोजनामा घर गृहणी महिलाहरुको क्षमता अभिवृद्धि तथा सरसफाई फोहोर व्यवस्थापन सम्बन

२०७६ असार ७ शनिबार, बेलुकी ५:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा महिला तथा सरसफाई लक्षित २ दिने तालिम सुरु भएको छ ।
मिर्चैया कटारी चोकस्थित रोयल पार्टी प्यालेसमा मिर्चैया नगरपालिकाको सहयोग तथा सनराईज सामुदायिक विकास केन्द्र मिर्चैयाको आयोजनामा घर गृहणी महिलाहरुको क्षमता अभिवृद्धि तथा सरसफाई फोहोर व्यवस्थापन सम्बन्धि २ दिने तालिम संचालन गरिएको हो ।
शनिवारदेखि संचालन भएको तालिममा वडा नं. ६ र ७ की ६० जनाबढी महिलाहरुलाई सहभागी गराइएको सनराईज सामुदायिक विकास केन्द्र मिर्चैयाका अध्यक्ष घनश्याम क्षेष्ठले जानकारी दिए ।
यस तालिमबाट नगरकी महिलाहरुको बौद्धिक क्षमता वृद्धि हुने र सरसफाईको महत्वबारे चेतना विकास हुने विश्वास गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…