धनुषा : पूर्वपश्चिम राजमार्गको अवस्था तनावग्रस्त, व्यापारी र प्रहरीबीच झडप हुने सम्भावना !
अहिले राजमार्ग अवरोधका कारण सवारी साधनहरु जकथक परेका छन् भने व्यापारीहरु नाराजुलुस सहित प्रदर्शन गरिरहेका छन् ।

२०७६ जेठ ३१ शुक्रबार, बिहान ११:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा प्रहरी र स्थानीय व्यापारीबीचको अवस्था तनावग्रस्त बनेको छ ।
गएराती एक व्यापारीलाई बसले ठक्कर दिंदा मृत्यूभएपछि आक्रोसित धनुषाधामका व्यापारीहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेपछि अवस्था तनावग्रस्त बनेको छ । व्यापारीहरुले टायर बालेर प्रदर्शन गरेपछि हतियार सहित गएका प्रहरीले व्यापारीहरु उपर हतियार तानेपछि अवस्था झन तनावग्रस्त भएको हो ।
धनुषाधाम नगरपालिका वडा नं. ३ बस्ने राम नन्दन यादवको गएराती करिब ८ बजे धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ३ गोदार स्थित पूर्वबाट काठमान्डौंको लागि छुटेको ना ६ ख ७१०० नम्बरको यात्रुवाहक बसले विपरित दिशाबाट जाँदै गरेको ज ८ प ५१४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करले बजाज शोरुमका मालिकको मृत्यू, धनुषा बन्द !
बस चालकहरुले राजमार्गमा अत्यधिक गति तथा तीव्र गतिको कारण विभिन्न समयमा दुर्घटना हुँदै आएको बताउँदै व्यापारीहरुले घटनाको निष्पक्ष छानबिन सहित दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले राजमार्गमा टायर बालेपछि प्रहरीले हटाउन खोजेको थियो । त्यसपछि आक्रोसित व्यापारीहरुले झन कडा रुपमा प्रदर्शन गर्न थालेपछि प्रहरीले हतियार तेर्साएको थियो ।
अहिले राजमार्ग अवरोधका कारण सवारी साधनहरु जकथक परेका छन् भने व्यापारीहरु नाराजुलुस सहित प्रदर्शन गरिरहेका छन् । यस बारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…