बसको ठक्करले बजाज शोरुमका मालिकको मृत्यू, धनुषा बन्द !

यसका साथै, संघका सबै व्यापारीहरु घटनास्थल पुग्ने कार्यक्रम समेत रहेको निर्णय गरिएको छ ।

२०७६ जेठ ३१ शुक्रबार
बिहान १०:४२ बजे
विनय कु. यादव, धनुषा


न्यूज ब्युरो, जनकपुरधाम । गएराती बसले मोटरसाईकललाई ठक्कर दिंदा बजाज शोरुम धनुषाधामका ओनर (मालिक)को मृत्यू भएको छ । 


गएराती करिब ८ः०० बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ३ गोदार स्थित पूर्वबाट काठमान्डौंको लागि छुटेको ना ६ ख ७१०० नम्बरको यात्रुवाहक बसले विपरित दिशाबाट जाँदै गरेको ज ८ प ५१४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । 

 

ठक्करले मोटरसाईकल चालक एवम् धनुषाधाम बजाज शोरुमका सँचालक धनुषाधामन नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष ३५ का राम नन्दन यादवको मृत्यू भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ठक्करपछि गम्भिर घाईते भएका यादवको उपचारको क्रममा विराटनगरको न्यूरो हस्पिटलमा मृत्यू भएको हो । 

 


धनुषाधाम उद्योग वाणिज्य संघका सल्लाहकार समेत रहेका यादवको मृत्यूपछि धनुषाधाम बजार बन्द गर्ने निर्णय गरिएको छ । संघले एक सूचना प्रकाशित गर्दै सल्लाहकार यादवको निधनमा शोक सवेदना प्रकट गर्दै एक दिनको लागि धनुषाधाम बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको हो । यसका साथै, संघका सबै व्यापारीहरु घटनास्थल पुग्ने कार्यक्रम समेत रहेको निर्णय गरिएको छ । 

 

यता, बस चालक र बस ईलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको तथा घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus

} }