चुनाव : महाबीर युवा कमिटिमा अध्यक्ष पदका उम्मेदवार 'गुप्ता' को पलरा भारी ?
चुनावको एक दिन अघि चुनावी सरगर्मी चढेको छ भने उम्मेदवारहरु मतदाता फकाउनमा व्यस्त छन् ।

२०७६ जेठ २४ शुक्रबार, दिउँसो १:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको चर्चित युवा क्लबहरु मध्ये एक रहेको महाबीर युवा कमिटिको चुनावको लागि अध्यक्ष पदमा अजय गुप्ता बलियो देखिएका छन् ।
धार्मिक साँस्कृतिक एवं सामाजिक क्षेत्रमा अनवरत रुपमा कार्य गर्दै आईरहेको जनकपुरधामस्थित प्रतिष्ठित क्लवहरु मध्येको एक महावीर युवा कमिटीको निर्वाचन शनिबार जेठ २५ गते हुने निर्वाचनको लागि उम्मेदवारहरु अबेर रातिसम्म मत माग्नमा व्यस्त देखिन्छन ।
अन्य पदका लागि जे जसो भएपनि अध्यक्ष पदमा अजय गुप्ता र सँतोष साहबीच बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । महासचिव भएर उल्लेखनीय कार्य गरेको अध्यक्ष पदका उम्मेदवार गुप्ताको सम्भावना भएपनि चुनावी प्रतिस्पर्धा निक्कै चुनौतीपूर्ण रहेको अवस्थामा चुनाव पूर्वको एक्जीट पोल अनुसार गुप्ताको पलरा भारी देखिएको छ ।
अध्यक्ष पदका लागि यसअघि तीनजना उम्मेदवारहरु देखिएपनि श्रवण कुमार साहले उम्मेदवारी फिर्ता लिएपछि अब अजय कुमार गुप्ता र सन्तोष कुमार साहबिच चुनावी भिडन्त हुने भएको छ । कमिटीको कार्यसमितिमा वर्तमानमा महासचिव समेत रहेका अध्यक्षका दावेदार अजय कुमार गुप्ताले आफ्नो प्रमुख दावेदारी प्रस्तुत गरेका छन । हुनतः चुनाव अघि देखिएको माहौल अनुसार सँतोष साहको पक्कड पनि कम देखिदैनन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका कार्यकारीणी सदस्य तथा जनकपुरधाम जेसीजको कानुनी सल्लाहकार समेत रहि सकेका गुप्ता सामाजिक कार्यमा पनि उत्तिकै तल्लीन रहेको देखिन्छन । तर, निर्वाचनमा गोप्य मतदान भएको हुनाले चुनावी नतिजा आएपछि मात्र बलियोपना बाहिर आउने भएको छ ।
गुप्ताको कुशल कार्य दक्षताकै कारण प्रत्येक पटक हुँदै आएको कार्यसमितिको निर्वाचनमा उनि भारि मतले विजयी हुँदै आएका छन । वर्तमान महासचिव समेत रहेका गुप्ता यसपाली अध्यक्ष पदमा उम्मेदवारी दिएपछि पनि उनको पक्कड बलियो देखिएको छ ।
वि. सं. २०४७ सालमा स्थापना भएको महावीर युवा कमिटीले धार्मिक सांस्कृतिक क्षेत्रको संरक्षण सम्वर्द्धनमा उत्कृष्ट कदम बढाएपछि यस कमिटीको जनकपुरधाममा उच्च स्थान रहँदै आएको छ । कमिटीले प्रत्येक वर्ष हुने विजयादशमी,रावणवद्ध, विवाह पंचमीमा उत्कृष्ट योगदान दिंदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…