
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
बेनी, म्याग्दी, १० पुस : संयुक्त लायन्स क्लब अफ म्याग्दी दरबाङ र लियो क्लब अफ म्याग्दी दरबाङको आयोजनामा पश्चिम म्याग्दीको दरबाङमा आइतबारदेखि तीनदिने बृहत् स्वास्थ्य शिविर र आँखा शिविर शुरु भएको छ । आँखा शिविर आफ्ना स्वर्गीय बुबा ओमबहादुर बोगटी र भाइ लोक बोगटीको स्मृतिमा बेनपा– १ रत्नेचौर घर भई हाल म

२०७४ पुस १० सोमबार, बिहान ८:४५ बजे१ मिनेट पढाइ
बेनी, म्याग्दी, १० पुस : संयुक्त लायन्स क्लब अफ म्याग्दी दरबाङ र लियो क्लब अफ म्याग्दी दरबाङको आयोजनामा पश्चिम म्याग्दीको दरबाङमा आइतबारदेखि तीनदिने बृहत् स्वास्थ्य शिविर र आँखा शिविर शुरु भएको छ ।
आँखा शिविर आफ्ना स्वर्गीय बुबा ओमबहादुर बोगटी र भाइ लोक बोगटीको स्मृतिमा बेनपा– १ रत्नेचौर घर भई हाल मलेशियामा व्यापार गरी बस्नुभएका दीपक बोगटीको आर्थिक सहयोग र बृहत् स्वास्थ्य शिविर लायन्स क्लब र लियो क्लब दरबाङको व्यवस्थापनमा आयोजना गरिएको हो ।
शिविरको पहिलो दिन आइतबार आँखा शिविरबाट ३२६ र बृहत् स्वास्थ्य शिविरबाट ३३९ गरी ६६५ जना लाभान्वित भएको लायन्स याममति रोकाले जानकारी दिनुभयो । शिविरमा निःशुल्क औषधि र मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्नेलाई पोखरा लगेर निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ ।
आँखा शिवरमा हिमालयन आँखा अस्पताल पोखराका डा हरिमाया गुरुङको नेतृत्वमा छ जना प्राविधिक र बृहत् स्वास्थ्य शिविरमा डा राजेन्द्र पौडेल, डा तिलक गौतम र डा कृष्ण कँडेल लगायतका चिकित्सकले सेवा प्रदान गरिरहनुभएको छ । आँखा र बृहत् स्वास्थ्य शिविर मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
आइतबार · चतुर्दशी

आइतबार · चतुर्दशी
दिपावली | लक्ष्मी पूजा, दियावाती, कुकुर तिहार, नरक चतुर्दशी
कुकुर तिहार, जसलाई नरक चतुर्दशी पनि भनिन्छ, नेपालमा मनाउने एक विशेष पर्व हो। यो दिन कुकुरलाई पूजा गरिन्छ र तिनीहरूको साथको महत्त्वलाई सम्मान गरिन्छ। कुकुरलाई मालिस र प्रिय खानेकुरा दिएर उनीहरूको सेवाको सराहना गरिन्छ। यो पर्व नरक चतुर्दशीसँग सम्बन्धित रहेकोले, दिनभर विशेष धार्मिक क्रियाकलापहरू पनि गरिन्छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २२ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…