जातीय भेदभाव र छुवाछुतलाई तामाचा दिन सामूहिक भोज !
यो कार्यक्रमबाट परिवर्तनपूर्ण संदेश प्रवाह हुने विश्वास गरिएको छ ।

२०७६ जेठ २२ बुधबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अष्टावक्र फाउन्डेशन मिर्चैयाले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस संदेश मूलक कार्यक्रम गरेर मनाएको छ ।
फाउन्डेसनले समाजमा विद्ययमान रहेका जातीय भेदभाव तथा छुवाछुतलाई परास्त गर्न सामूहिक रुपमा एक कार्यक्रम गरी विभिन्न जातजातीहरु सँगै खाना खाएर मनाएका छन् ।
समाजमा अन्धविश्वासको रुपमा जड गाडेर रहेको भेदभाव र छुवाछुतलाई तामाचा दिन यो कार्यक्रमबाट परिवर्तनपूर्ण संदेश प्रवाह हुने विश्वास गरिएको छ ।
कार्यक्रममा समाजमा विद्यमान रहेका जातीय भेदभाव तथा छुवाछुतको जड उखाड्न जनचेतनामूलक डेमोहरु समेत दिइएको फाउन्डेसनका हरि पासवानले जनाए ।
फाउन्डेसनले मिर्चैया ६ जिवा मुसहरी टोलमा सामूहिक भोजको आयोजन गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…