सहिद ढुंगानाको स्मृति प्रतिष्ठान उद्घाटन उपलक्ष्यमा २ दिने स्वास्थ्य शिविर
प्रतिष्ठानले नगरका जनतालाई मौका लाभ उठाउन आग्रह समेत गरेको छ ।

२०७६ जेठ २२ बुधबार, दिउँसो २:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम गोविन्दपुरस्थित आज उद्घाटन हुन लागेको सहिद ठाकुर प्रसाद ढुंगाना स्मृति प्रतिष्ठानमा २ निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । प्रतिष्ठानको उद्घाटनको उपलक्ष्यमा दुई दिने शिविर संचालन गरिएको हो ।
धनुषाधाम नगरपालिका वडा नं. १ गोबिन्दपुरमा नवनिर्मित प्रतिष्ठानको भवनको आज विधिवत् रुपमा समुद्घाटन हुँदैछ ।
उद्घाटनको उपलक्ष्यमा मानव सेवाको संदेश प्रवाह गर्ने भावले चलाइएको शिविरमा विभिन्न प्रकारका रोगीहरुको निःशुल्क स्थास्थ्य जाँच हुने स्व. ठाकुर ढुंगानाका नाति तथा चिकित्सक पेशामा आवद्ध आशिष ढुंगानाले जानकारी दिए ।
शिविरमा विरामीहरुलाई चेकजाँच गरी आवश्यक औषधि पनि निःशुल्क प्रदान गरिने गरिएको छ भने परामर्श सेवा पनि दिने गरिएको छ ।
शिविरमा सेवा दिइरहेका सहिद ढुंगानाका नाति आशिष ढुंगानाले यसरी नगरका नागरिकलाई सेवा गर्ने मौका मिल्दा अशेष आनन्दको अनुभूति भइरहेको प्रतिक्रिया जनाए ।
आजदेखि शुभारम्भ भएको शिविर भोलिसम्म चल्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले नगरका जनतालाई मौका लाभ उठाउन आग्रह समेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…