सिरहा कारागारमा 'कामना नर्सिङ होम' को निःशुल्क स्वास्थ्य शिविर, २ सयले लिए लाभ
मानव सेवा तथा मानवताको भावले निःशुल्क स्वास्थ्य शिविर चलाएको सञ्चालक कुशवाहाले जनाए ।

२०७६ जेठ १९ आइतबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जिल्ला कारागार सिरहामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कामना नर्सिङ होम लहानले सिरहा कारागारमा रहेका कैदीहरुलाई निःशुल्क स्वास्थोपचार गरेको हो ।

जिल्ला कारागारमा आज (आईतवार) सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा जम्मा २ सय २७ जनाले स्वास्थ्य लाभ उठाएका छन् । कामना नर्सिङ होम लहानका डा. रितेश गिरी, डा. संजय यादव, डा. रुपेश यादव, डा. अमिताभ साह लगायतका स्थास्थ्यकर्मीको सहभागितमा कारागारमा रहेका कैदी बन्दीहरुको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरणका साथै मानसिक स्वास्थ्य सम्बन्धि समेत परामर्श सेवा दिइएको नर्सिङ होमका सञ्चालक रोशन कुशवाहाले जानकारी दिए ।
शिविरमा २१० जना पुरुष, १४ जना महिला तथा उनीहरुको काखमा रहेका ३ जना बालबालिका गरी जम्मा २ सय २७ जनाले निःशुल्क स्थास्थ्य सेवा लिएका हुन् ।
सञ्चालक कुशवाहाका अनुसार, शिविरमा अधिकांश स्किन ईन्फेक्सन तथा अन्य किसिमका विरामीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । विरामीहरुलाई स्वास्थोपचार गरी आवश्यक औषधि तथा परामर्श सेवा दिइएको उनले न्यूज ब्यूरोलाई जानकारी गराए ।

कारागारमा स्वास्थ्य जाँच तथा उपचारको अभावमा विरामी हुने क्रम बढेपछि मानव सेवा तथा मानवताको भावले निःशुल्क स्वास्थ्य शिविर चलाएको सञ्चालक कुशवाहाले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…