भारतीय लरीमा आगजनी !
बिप्लब नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण राजमार्गमा सवारीको चाप न्युन देखिएको छ ।

२०७६ जेठ १३ सोमबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारामा अज्ञात समुहले एक लरीमा आगजनी गरेको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा सोमबार बिहान रोकिराखेको भारतीय ट्रक लरीमा आगजनी गरेको हो । नेपाल–भारत पेट्रोलियम पाईपलाईनका लागी पाईप बाकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरीमा आगजनी भएको हो ।
आगजनी कसले र किन ग¥यो भन्नेबारे अनुसन्धान भैरहेको बाराका प्रहरी प्रबक्ता रञ्जित सिंह राठोरले जानकारी दिए । जिल्लाका अन्य स्थानमा भने अवस्था सामान्य रहेको उनले बताए । बिप्लब नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण राजमार्गमा सवारीको चाप न्युन देखिएको छ ।
यद्यपी, प्रहरीले भने बन्दको बेला हुनसक्ने अवांक्षित कृयाकलापलाई मध्येनजर गर्दै जिल्लाको शान्ति शुरक्षा चुस्त बनाईएको बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…