खजुरी मावि काण्ड : के छ घटनाको रहस्य ?
उहाँलाई फसाउने प्रयास मात्र गरिएको छ ।हामी पनि घटनाको खोजविनमा लागेका छौँ ।

२०७४ पुस ९ आइतबार, दिउँसो १२:०० बजे८ मिनेट पढाइ

जनकपुरधाम, ९ पुस । नेपालकै अधिक पुरानो उच्च माध्यमिक विद्यालय "श्री केए एच एस बी उच्च मावि विद्यालय खजुरी, महुवा" यो विद्यालयको नाम नसुनेको यस भेगका कमै होलान् ।
वि.स. २००९ सालमै स्थापना गरिएको यस उच्च माविबाट कैयौँ व्यक्ति जो की व्यक्तित्वपन पाए । अहिले यस विद्यालयको अवस्था अति जरजर भएको छ ।
हामी ध्यानाकर्षण गराउन चाहन्छौ शिक्षक र छात्रा काण्डको :
केही दिन अघि मात्र यस विद्यालयमा गणित विषयका शिक्षक मोजामिल हुसैन उपर विद्यालय परिसरमै केही युवा तथा अभिभावकहरु आएर हातपात गरे । विद्यालय जस्तो सँवेदनशिल क्षेत्रमा गुण्डा शैलीमा स्थानीय केही व्यक्तिहरु प्रवेश गरी जथाभावी कुटपिट गर्नु समग्र शिक्षण पेशाकै लागि चुनौति हो भनेर भन्न सकिन्छ ।
के छ काण्ड र आरोप ? (प्रथम रिपोर्ट)
केही दिन अघि केही छात्राहरुले शिक्षक हुसैन आफूहरुमाथि दुव्र्यवहार गर्दै आएको आरोप लगाएकी छन् । ५० बर्षिय शिक्षक मोजामिल हुसैन करिब १ बर्ष अघि मात्र खजुरी माविमा आएका हुन । गणित विषयका शिक्षक सहित रिटायर प्रधानाध्यापक राजेश्वर यादवको रिटायरमेन्टसँगै हुसैन प्रधानाध्यापक बन्ने लगभग निश्चित थियो । यता, प्रधानाध्यापकका अर्का आकाँक्षी विद्यालयकै पुरानो शिक्षक सज्जन झा पनि ।
यादवको रिटायरमेन्टको ३ दिनपछि केही छात्राहरु आरोप लिएर आफना अभिभावक समक्ष जान्छन् र भन्छीन् की शिक्षक हुसैनले आफूहरुमाथि दुव्र्यवहार गरयो । त्यही आरोपको आधारमा दुई तीन जना अभिभावक सहित ५० जना स्थानीय केही व्यक्तिहरु विद्यालयमा गुण्डा शैलीमा प्रवेश गर्छन, प्रवेश गरेलगत्तै विना केही सोधपुछ र आरोप प्रत्यारोप पुष्टिकै जथाभावी कुटपिट गर्न लाग्छन् शिक्षक हुसैनलाई । हुसैनलाई कुटपिट गरिरहदा केही शिक्षक र शिक्षिका दङग थिए भने केही बचाउको लागि अथक प्रयास गर्दै थिए त कोही प्रहरीलाई बचाउको लागि खबर गर्नमा व्यस्त भए । केही शिक्षकहरुको प्रयासपछि शिक्षक हुसैनलाई कुटपिट गर्ने व्यक्तिहरुबाट खोसेर सुरक्षित ठाउँमा लग्छन र त्यही बखत प्रहरी पनि आउँछन् । ईलाका प्रहरी कार्यालय खजुरीबाट आएका प्रहरी टोलीले आफनो जिम्मेवारी निर्वाह गर्दै शिक्षक हुसैनलाई चौकी लिएर गए सुरक्षालाई मध्यनजर गर्दै ।
गेम प्लानको फल्यास ब्याक
विद्यालयका केही शिक्षक र केही शिक्षिकाको मिलोमत्तोमा केही छात्राहरुसँग शिक्षक हुसैन उपर लगाइएको आरोप लिखित निवेदनमा हस्ताक्षर गराउँछन् । र ती हस्ताक्षर विना कुनै छात्राको जानकारी बिना नै । छात्राहरुले के हो, के लेखिएको छ भनेर सोध्दा के नभनिकन दबाब सिर्जना गर्दै हस्ताक्षर गराए ।
आफूहरुलाई दबाब दिइयो, एक शिक्षिकाले भनिन की तिम्रो साथीसँग यस्तो भएको छ के तिमि साथ नदिने ? भनेर प्रश्न गरयो, त्यहाँसम्म पनि के हो भनेर बुझन सकेको थिएन म, म मात्रै हस्ताक्षर गरे, हस्ताक्षर त गरे तर डरले पसिना पसिना भएको थिएँ– एक छात्रा नाम नखोल्ने शर्तमा बताइन् ।
हुसैन सर एकदम ईमान्दार हुनुहुन्छ, उहाँले हामीलाई कहिले पनि गलत दृष्टिकोणले हेर्नुभएन, आफनो छोराछोरी जस्तै व्यवहार गर्नुहुन्छ । हामी उहाँसँगै कोचिँग क्लास गरिरहेका छौँ । मलाई पछि गएर थाहा भयो की हुसैन सर उपरको यस्तो मिथ्या आरोपमा हस्ताक्षर गराएको छ भनेपछि, म विद्यालयबाट निस्केर रुदैँ घर आए । हुसैन सरमाथि लगाइएको आरोप विल्कुल गलत हो, मैले हस्ताक्षर त गरेको छु तर विना कुनै जानकारीको र दबाबमा । उनले थपिन् ।
(बयानको आधारमा अहिले अपुष्ट)
के भन्छन् आरोपित शिक्षक हुसैन ?
म एक शिक्षक हुँ, शिक्षण पेशा भनेको आफैँमा अतुल्य छ , म यस्तो घिनौना कार्य कसरी गर्न सक्छु र ? म एक मुस्लिम समुदायबाट हुँ, मलाई विद्यालयमा आएको मात्र १ बर्ष भएको छ । यो एक बर्षको दौरानमा मैले जे पीडा र यातना भोगेको छु यस विद्यालयमा त्यो कसैसँग नहोस् ।म यस विद्यालयमा आएदेखि नै ममाथि टर्चर सुरु भयो, कुनै दिन मोटरसाईकलको हर्न खोलेर लग्थे विद्यालय परिसरबाटै, कुनै दिन घर जाने बेलामा मोटरसाईकल हेर्दा पन्चर पनि । यो क्रम निरन्तर थियो, मैले कैयौँ पटक मोटरसाईकलमा हर्न किनेर लगाए, पन्चर बनाए, टयुब र टायर चेन्ज गराए, म अति नै परेशान थिए, तर पनि हिम्मत हारेन ।
म वास्तुशास्त्र र केही ज्योतिषि ज्ञान पनि हाँसिल गरेको छु, यसै क्रममा म सँग पढने केही छात्राहरुले, सर हात देख्नु न सर, के छ सँयोग, के छ भाग्यमा भनेर भनिन, मैले हाँस्दै हात देखे । हो, यही हो मुख्य मुद्दा, हात मैले करिब ५ महिना अघि नै देखेको थिए, आफनो छोरी सरह, मेरो नियत खराब थिएन, त्यो भएको भए त त्यति बेला नै पनि ती छात्राहरुले कम्पलेन गर्न सक्थिन नी ? यो ५ महिनापछि त्यो अति जाबो कुरालाई मुद्दा बनाएर फँसाउन लागेको हो के गर्ने ?
हाम्रा विद्यालयका रिटायर प्रधानाध्यापक राजेश्वर यादव जीको रिटायर हुनु अघि नै प्रधानाध्यापकको लागि मेरो दाबेदारी थियो । यो मैले आफूले होइनन, विद्यालयका शिक्षक र विद्यार्थी तथा अभिभावकहरुको चाहना थियो र नियम अनुसार पनि म पुरानो शिक्षक भएको हिसाबले मैले प्रधानाध्यापकको जिम्मेवारी पाउने निश्चित थियो ।
त्यही अर्को दाबेदार विद्यालयका पुरानै शिक्षक स्थानीय सज्जन झा पनि हुनु स्वभाविक थियो । अब यो बीचमा त्यो ५ महिना अघिको त्यो जाबो कुरालाई मुद्दा बनाएर ल्याउनु कत्तै पचेनन् । आरोप पनि यस्तो लगाए उनीहरु की आफूमै जिउन नचाहने जस्तो मनशाय भयो तर मलाई यो आरोपसँग जुध्नु छ । मलाई यो आरोपलाई जित्नु छ, मलाई विश्वास छ पुर्णतः मेरो लागि मेरा ती विद्यार्थीहरुले यस्तो भन्नै सक्दिन, तर कसको मनमा के छ त्यो म भन्न सक्दिनन् ।
म यसअघि सिन्धुपाल्चोकमा प्रधानाध्यापक बनेर बसिसकेको छु, उत्ताबाट नजिकको हिसाबले सरुवा गराएर खजुरी आएको मात्र हो । मेरो बारेमा, मेरो चरित्रको बारेमा मेरो समाजमा, विद्यालयमा पनि र सिन्धुपाल्चोकको विद्यालयमा पनि बुझन सक्नुहुन्छ । – शिक्षक हुसैनले भने ।
म आएदेखि नै यस विद्यालयका केही शिक्षक र शिक्षिकाहरु मलाई आग्रह गर्न थाल्यो की हामीहरुको तलब विगत केही महिनादेखि दिइएको छैन, तपाई पहल गरिदिनुस, तपाई अब यो विद्यालयको भविष्यको प्रधानाध्यापक हुनुहुन्छ, तपाई केही गर्नुस, मैले पनि आफूसके जति पहल नै गरे, अब सबको सब कुरा पुरा गर्ने मेरो हैसियत र अधिकार पनि थिएन नी ।
ब्युरो अपरेशनकै क्रममा हामी ब्युरोकर्मीले शिक्षक हुसैन प्रधानाध्यापक रहेको विद्यालय सिन्धुपाल्चोकमा फोन सम्पर्क गरयौ । त्यहाँ, सह प्रधानाध्यापक रहेका शिक्षक पुर्व प्रसाद पौडेलसँग कुरा गरयौ र हुसैनको चरित्रको बारेमा सोधपुछ गरयौ, पौडेलको जवाफ यस्तो थियो :
"सर म यति भन्छु, हामीले एउटा अभिभावक गुमायौ यहाँबाट, उहाँ हुँदा दुईटा विषयको लागि विद्यार्थीहरु अहिले पनि हुुसैन सरको कमी महसुस गर्दैछन् र गर्दै रहन्छन् । विज्ञान विषय र आर्थिक विषयमा उहाँ विद्यार्थीको मात्र होइनन, अभिभावक र सम्पूर्ण विद्यालय परिवारको मन जित्न सफल हुनुभयो, आज पनि हामी उहाँलाई धेरै नै मिस्स गरिरहेका छौँ, उहाँ जस्तो चरित्रवान शिक्षक पाउन हामी प्रतिक्षारत छौँ । उहाँ एकदम सभ्य, चरित्रवान र गुणवान हुनुहुन्थ्यो, हामीले एक कुशल र असल अभिभावक गुमायौ यहाँबाट, उहाँ प्रधानाध्यापक हुँदा म सहायक प्रधानाध्यापक थिए । उहाँ उत्तम हुनुहुन्छ ।"
त्यसपछि हामीले, खजुरी मावि पर्ने स्थानीय तह, जनकनन्दनी गाउँपालिकाका प्रमुख अब्दुल बारिक शेखसँग पनि सोधपुछ गरयौ, उहाँको जवाफ यस्तो थियो :
"मान्छेले जे भनोस, हालाकी मैले पनि उहाँलाई देखेको छैन तर यहाँका विद्यार्थीहरु र अन्य अभिभावकहरु समेत भनेको आधारमा उहाँ एकदम ईमान्दार र राम्रो शिक्षक हुनुहुन्छ । उहाँलाई फसाउने प्रयास मात्र गरिएको छ ।हामी पनि घटनाको खोजविनमा लागेका छौँ ।"
हामी फेरी आरोपमा हस्ताक्षर गरेकी एक छात्राकी अभिभावक समक्ष गयौ, उहाँको जवाफ
"विद्यालयमा पनि राजनीतिको अखाडालाई प्राश्रय दिएको छ । यस्तो चरित्र हत्या गर्ने आरोप लगाउँदैमा सत्य पराजित हुँदैन, हाम्रा छोरीहरुलाई आफनो छोरीजस्तै व्यवहार गर्छिन र यो कुरा मेरी छोरीहरु पनि भन्छिन् । हामी पनि उहाँसँग निरन्तर सम्पर्कमा रहदै आएको छु ।
कुनै प्रकारको यस्तो आरोप देखिएनन, तर विद्यालयको राजनीति दैवले जानुन, यस्तो निष्ठावान मान्छेलाई फँसाएर कसैको भलो हुदैन, उहाँ पदको लोभी होईन, यो कुरा फँसाउनेले बुझनुपर्छ । फँसाउने अभिभावक र मिथ्या आरोप लगाउने छात्राहरुले पनि बुझनु जरुरी छ की आफनो अभिभावक जस्तो शिक्षक उपर मिथ्या आरोप लगाएर फाईदा के ? घाटा कसलाई ? यो बुझनु जरुरी छ ।
मेरी छोरी रुदै आइन की मलाई दबाब दिएर हस्ताक्षर गराइन विद्यालयकी प्रतिमा म्याडम र अन्य मिसहरुले पनि । हामी यो कुरा मान्न तयार छैनौ र हाम्रा बच्चाहरुलाई फँसाउने यस्ता कार्य गराउने ती शिक्षक शिक्षिकाहरुलाई हामी पनि छाड्दैनौ । कानुनको हिसाबले गए, दायरामा ल्याएरै छाडछु । हुसैन सर राम्रो र असल शिक्षक हो, राम्रो चरित्रको हो, झन केही भन्दैन म । "
यसैक्रममा, यो घटनालाई नियाल्दा बर्षौदेखि चलिआएको त्यो विद्यालयको परम्परालाई पुनः दोहरयाएको हो भनेर भन्न सकिन्छ ।
यस अघिका त्यस विद्यालयका दिग्गज एवम् शिक्षकहरु दुर्गा प्रसाद कोईराला जस्ता शिक्षकहरुलाई पनि यस्तै आरोप लगाएर केही शिक्षकहरुले आफनो वर्चश्व कायम गर्न लाग्दा त्यस्ता असल शिक्षक गुमाए ।
लक्ष्मी सत्याल जस्ती कुशल र असल शिक्षिकालाई पनि विद्यालयबाट विभिन्न आरोप प्रत्यारोप लगाएर भगाएकै हुन ।
करिब १० बर्ष अघि मात्र महोत्तरी रत्तौलीबाट आएका शिक्षक विजय महासेठलाई पनि विभिन्न धाकधम्की, यातना, टर्चर, गालीगलौच गरेर केही शिक्षक आफनो बर्चश्वय कायम गर्नमा लागेको थिए र महासेठले सबै सहन गरी आफनो खुटटा स्थापित गर्न सफल भए पनि अन्तत अत्यधिक टर्चरकै कारण उनले पनि सरुवा गराई अन्त्यै गएको उदाहरण पनि छ ।
स्थानीय केही युवाहरुले त्यो मिथ्या भनिएको आरोपलाई सही बनाउन दिनरात खटिलागेका छन् भने आरोपित शिक्षक मोजामिल हुसैन भने कुनै ठोस प्रमाण बिना नै आफूमाथि हातपात गरेको भन्दै हारगुहार गरेका छन् ।
छोरीको बिहेपछि दाईको मृत्यू भएको भन्दै उनले केही समय विद्यालयमा अनुपस्थित भएको स्वीकार्दै अनुपस्थित भएमा यस्तो लान्छना लगाउनु मानविय विरुद्ध रहेको बताए ।
(यो समाचार केही व्यक्ति र शिक्षक तथा एक विद्यार्थीको बयानको आधारमा हो, आरोप प्रत्यारोप पुष्टि हुन बाँकी छ भने समाचार समेत पुष्टि हुन बाँकी छ । हालाकी हामीले कामचलाउ प्रअ सज्जन झासँग बारम्बार फोन सम्पर्क गर्न खोजेपनि औपचारिक धारणा भने लिन सकेनौ । समाचारको यो प्रथम चरण हो, हाम्रो अपरेसन जारी रहेकोले घटनाको सत्यतथ्य पुष्टि नहुन्जेलसम्म जानकारी स्वरुप थपिदै जानेछन् । आरोप प्रत्यारोप लगाइएका शिक्षक र शिक्षिकाहरुको वक्तत्व समेत हामी जस्ताको त्यस्तै प्रस्तुत गर्नेछौँ ।)















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…