चुनौतीको बाबजुद गरुडालाई नमुना नपा बनाउँछौं : अधिकृत पन्थी
सबै कामलाई व्यवस्थित रुपले सिस्टममा हालेर नगरका कामहरु अगाडि बढाएका छौं । विकास निर्माणका काम गरीरहेका छौं ।

२०७६ जेठ ५ आइतबार, बिहान ८:२२ बजे७ मिनेट पढाइ
रौतहटको गरुडा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत एवम् नेपाल सरकारका उपसचिव टेक राज पन्थी सँग न्यूज ब्यूरोका रौतहट सम्वादाता सन्जय सहनीले गरेको कुराकानीको संक्षिप्त अंश :
१. तपाई गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफ्नो क्षमता मेहनत लगाइरहनुभएको छ । नगरपालिकालाई राम्रो बनाउन के-के काम गरिरहरनु भएको छ ?
मैले यहाँ आएर काम गरेको १ वर्ष पूरा भएको छ यसबीचमा मैले यहाँको विकासनिर्माणको कामलाई सूचारु गर्न धेरै पहल गरेर सहजीकरणका साथ अगाडि बढाईरहेको छु । देखिने खालका काम थुप्रै भएका छन् । विगत वर्षहरुमा गिटी, बालुवा, ढुंगा, माटो, छर्नेकाम मात्र हुन्थ्यो भने यसपटकको बजेटमा मैले ८० प्रतिशत पक्की काम हुनै पर्ने गरी बजेट विनियोजन गरी काम गराइरहेको छु । विकासनिर्माणका काम मध्ये विषेश गरेर सडक निर्माणको कामलाई बढी जोड दिएको छु । शिक्षा, स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको छु । सबै स्वास्थ्य चौकीमा औषधीको कमी हुन नदिन बजेट विनियोजन गरेको छु । रौतहटको मध्ये क्षेत्रमा अवस्थित यो गरुडा बजार भित्र सडकमा परेका मापदण्ड विपरीत बनाएका घरहरु भत्काएका छौं । त्यहाँ फुटपाथ निर्माण गर्ने, साईडमा बिरुवा रोप्ने र सोलार प्यानल राखेर बजारलाई आकर्षक बनाउने गरी ठेक्का लगाएर काम सुरु गरीसकेका छौं । अबको पाँच महिना भित्र यो काम सम्पन्न हुनेछ । त्यसैगरी प्रत्येक वडामा ढलान गरेर पक्की सडक निर्माण गर्ने काम भइरहेको छ । गरुडा नगरपालिकामा प्रवेशद्धारमा स्वागतद्धार निर्माण गरेका छौं । त्यसैगरी ऐन, कानून, कार्यविधि अनुसार कार्यालयका काम अगाडी बढाउनका लागि लक्षित क्षेत्रको कार्यक्रम अगाडी बढाएका छौं । पत्रकारिताको विकासका लागि असल पत्रकारहरुलाई सम्मान र पुरस्कित गर्ने कार्य आउँदो वर्षबाट सुरु गर्नका लागि नगरसभाबाट पास गरीसकेका छौं । सरकारको विकास बजेट कम खर्च भैरहेको बेला हामीले विकासलाई तिव्र पारेका छौं । विकास निर्माणको काम गर्दा अनुगमन गर्नका लागि उपप्रमुखको संयोजकत्वमा अनुगमन समिती बनाएका छौं । त्यसले अनुगमन गरेपछि निर्माण र गुणस्तरको रिपोर्ट दिएपछि मात्र त्यो आयोजनालाई हामीले भुक्तानी दिने गरेका छौं । यसरी सबै कामलाई व्यवस्थित रुपले सिस्टममा हालेर नगरका कामहरु अगाडि बढाएका छौं । विकास निर्माणका काम गरीरहेका छौं ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…