रौतहटमा पनि २६औं मदन आश्रित स्मृती दिवश मनाइयो
न्यूज ब्यूरो, रौतहट । नेकपा रौतहटले २६ औ मदन आश्रीत स्मृती दिवस गरुडामा शुक्रवार मनाएको छ । स्मृती दिवस तथा पार्टी एकताको पहिलो बर्षको अवसरमा नेकपा रौतहट जिल्ला कमिटीले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रदेश २ का नेकपाका सचिव सुमनराज प्याकुरेल प्रमुख अतिथी रहनु भएको थियो । सचिव प्याकुरेलले

२०७६ जेठ ३ शुक्रबार, राति ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेकपा रौतहटले २६ औ मदन आश्रीत स्मृती दिवस गरुडामा शुक्रवार मनाएको छ ।
स्मृती दिवस तथा पार्टी एकताको पहिलो बर्षको अवसरमा नेकपा रौतहट जिल्ला कमिटीले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रदेश २ का नेकपाका सचिव सुमनराज प्याकुरेल प्रमुख अतिथी रहनु भएको थियो । सचिव प्याकुरेलले नेकपाको गाउ तथा नगर कमिटी पनि चाडै नै टुगो लाग्ने बताउनु भएको छ ।
कार्यक्रममा पुर्व संसद राम कुमार भट्टराई, सत्य नारायण भगत तथा नेकपाका प्रदेश २ का सदस्यहरु शम्भु साह, उद्धव रेग्मी लगाएत तथा नेकपाका सयौ कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले मदन भण्डारीको बिचार र उहाको राजनैतिक जीवन माथी चर्चा गर्नु भएको थियो । कार्यक्रमको स्वागत प्रदेश सदस्य देवकी नेपालले गर्नु भएको थियो भने संचालन प्रदेश सदस्य त्रिभुवन साहले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष कमलराय यादवले गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न पालिकाहरुमा नेकपाको तर्फ बाट निर्वाचित जनप्रतिनिधीहरु कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा ,मौलापुरकि मेयर रिना साह समेतको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…