धनुषाधाम माविमा अनिश्चितकालीन तालाबन्दी
विनय कुमार यादव जनकपुरधाम, ८ पुस । धनुषाको धनुषाधाम नगरपालिकामा स्थापित समुदायिक विद्यालय धनुषाधाम माविमा तालाबन्दी गरिएको छ । माविको प्राविधिक फाँटमा तालाबन्दी गरिएको जनाइएको छ । माविको प्राविधिक तहमा पठनपाठन नियमित नभएको भन्दै अध्ययनरत विद्यार्थीहरुले शुक्रबार फाँटको कार्यलयमा तालाबन्दी गरेको हो ।

२०७४ पुस ८ शनिबार, बिहान ८:५४ बजे१ मिनेट पढाइ

विनय कुमार यादव
जनकपुरधाम, ८ पुस । धनुषाको धनुषाधाम नगरपालिकामा स्थापित समुदायिक विद्यालय धनुषाधाम माविमा तालाबन्दी गरिएको छ ।
माविको प्राविधिक फाँटमा तालाबन्दी गरिएको जनाइएको छ ।

माविको प्राविधिक तहमा पठनपाठन नियमित नभएको भन्दै अध्ययनरत विद्यार्थीहरुले शुक्रबार फाँटको कार्यलयमा तालाबन्दी गरेको हो ।
विद्यार्थीहरु पठनपाठनको लागि नियमित कक्षामा उपस्थित भएपनि त्यस विभागका शिक्षकहरु अनियमित भएको भन्दै आक्रोसित विद्यार्थीहरुले कार्यालयमा तालाबन्दी गरेको हो ।
यता, शिक्षकहरुले केही महिनादेखि आफूहरुको तलब भत्ताको भुक्तानी नदिएको भन्दै कक्षामा नियमित उपस्थित नहुने गरेको विद्यार्थीहरु बताउँछन् ।

अध्ययनको क्रममा गर्नुपर्ने प्राक्टीकलहरु समेत गराउँदै नगराएको भन्दै विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापकलाई बारम्बार आग्रह गर्दा हप्काएर भगाएको आरोप विद्यार्थीहरुले लगाएका छन् ।
यसका साथै, आफूहरुको कक्षा नियमित गर्ने प्रतिबद्धता नजनाएसम्म तालाबन्दी जारी राख्ने अडान विद्यार्थीहरुको रहेको छ ।
यता, विद्यालयका प्रधानाध्यापक जय कृष्ण यादवसँग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेनन ।
धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डललाई पीडित विद्यार्थीहरुले पठनपाठनको समस्या बारे निवेदन मार्फत ध्यानाकर्षण गराएको जनाइएको छ ।
मेयर मण्डलले आईतबार मात्रै विद्यालयमा बैठक राखी समस्याको समाधान गरिने आश्वासन दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…