सिरहामा बसको ठक्करबाट १ युवकको मृत्यू !
बससहित चालकलाई लहान प्रहरीले नियन्त्रणमा राखेको छ ।

२०७६ जेठ २ बिहीबार, दिउँसो १:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बसको ठक्करबाट एक युवकको ज्यान गएको छ । सिराहाको लहान नगरपालिका–१२ पडरिया चोक नजिकै गएराति बसको ठक्करबाट एक युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी २२ वर्षीय युवक छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका ती युवकको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ ।
झापाबाट काठमाडौँ जाँदै गरेको ना६ख ७८६४ नम्बरको बसले गएराति साढे १ बजे उनलाई ठक्कर दिएको थियो ।
बससहित चालकलाई लहान प्रहरीले नियन्त्रणमा राखेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…