समाज परिवर्तनको नयाँ रुप : बलात्कार विरुद्ध यी युवाहरुको भित्ते पेन्टिंग
किनकि एक दिन भएपनि समाज र राष्ट्रका निम्ति समय दिन पाईन्छ ।

२०७६ बैशाख २९ आइतबार, दिउँसो १२:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाज परिवर्तनको लागि नयाँ सोंचका साथ युवाहरुको एक समूहले बलात्कार विरुद्ध भित्ते चित्र अभियान चलाएका हुन् ।
समाज परिवर्तन युवाको काधमा भन्दै हातमा झाडु लिएर निस्केका युवाहरुले विगत डेढ वर्षदेखि हातोमालो गरी समाज परिवार्तनको लागि विभिन्न स्वरुपमा उपस्थिति हुने गरेका छन् । समाज परिवर्तनको जिम्मेवारी युवाहरुको काँधमा आएको भन्दै यी समूले उहिलेदेखि नै सडकमा झाडु लिएर सरसफाईको मिसनमा लागेका थिए ।

यसैक्रममा युवाहरुको समूहले निरन्तर १० औं सप्ताह मोरंगको विराटनगर तथा आसपासका क्षेत्रहहरुमा विभिन्न सचेतनामूलक साँकेतिक भित्ते चित्र बनाएर वर्तमान समाजलाई सजग पार्ने अभियान चलाएका हुन् । परिवर्तनका लागि हातोमालो सँस्थाका अध्यक्ष विनोद परियारको नेतृत्वमा विराटनगर तथा आसपासको क्षेत्रको आम जनतालाई सजग पार्नको लागि साँकेतिक रुपमा भित्ते चित्र कोर्दे आएका छन् ।
सो क्रममा विराटनगर वडा नं. २ हाट नजिकै रहेको जनता नमुना उच्च माध्यामिक विद्यालयको पर्खालमा बलात्कार बिरुद्द चित्र बनाएका हुन ।
संस्थाका अधक्ष्य परियारले भने - "समाज बदल्नका लागि मनै देखि लाग्नु पर्छ । भासन र आश्वसनले सामज ,देश कहिले परिवर्तन हुदैन त्यही भएर हामी विभिन्न खाले जनचेतना मुलक समाज परिवर्तनका लागि अभियानहरु संचालन गरिरहेका छौ ।"

यसैक्रममा अभियन्ता सरोज कोईरालाले - "संस्थामा आवद्ध भएदेखि नै शनिवार कहिले आउंछ जस्तो हुन्छ, समाजसेवा र समाज परिवर्तनको क्रेजले मलाई निदाउन दिदैन । किनकि एक दिन भएपनि समाज र राष्ट्रका निम्ति समय दिन पाईन्छ । अरु दिन त कलेज जानू पर्छ ।" र यो अभियानले जनमानसमा सचेतनात्मक सँदेश प्रवाह गरेको बताए ।
अभियन्ता राम पोख्रेलका अनुसार चांडो भन्दा चाडो १ नं प्रदेश भरिनै यस्ता खाले अभियान संचालन हुने तथा त्यसको लागि कमिटि तयार गर्दै देशभरि नै यो अभियानलाई फैलाइने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…