अवैद्य सम्बन्ध र पापी आमा : नवजात छोरीलाई छाडेर आमा फरार !
श्रीमान विदेश गएपछि गाउँबाट बजार झर्ने, बजारबाट शहर छिर्ने श्रीमती संख्या प्रसस्त छ ।

२०७६ बैशाख २५ बुधबार, बिहान १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानस्थित पोलिक्लिनिकमा नवजात शिशुलाई छाडेर आमा बुवा फरार भएका छन् ।
लहानस्थित लीला मदन प्रसुती पोलीक्लिनिकमा छोरी जन्मेपछि बुवाआमा फरार भएको पोलीक्लिनि प्रशासनले जनाएको छ । यस सम्बन्धमा पोलिक्लिनिको डा. दिलिप साहले ११ गते प्रसुति गराउन आएका महिलासित रहेका ३२ वर्षीय पुरूषले विकास राईले आफूलाई सम्झनाको श्रीमान र घर कटारी, उदयपुर बताएका थिए ।
बिहान विकास एटीमबाट पैसा निकाल्न गइरहेको भन्दै बाहिर निस्के । केहि बेरपछि छोरीलाई एक्लै छाडेर आमा पनि गायब भइन् । दुई हप्ता पुग्न लाग्दासम्म बाबुआमा बच्चा लिन नआएपछि बेवारिसे बच्चा शिशुको व्यवस्थापन अस्पतालले नै गरिरहेको छ । यसबारे प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितलाई समेत जानकारी गराएको अस्पताल श्रोतले जनाए ।
प्रमुख जिल्ला अधिकारीले हकदारी सम्बधि १५ दिने सुचना प्रकाशन हुन्छ र निज बेवारीसे वच्चालाई निसन्तानलाई दिइने बताए । धन कमाउनको लागि श्रीमान विदेशमा दुखः गरेका हुन्छन । श्रीमतीहरु गाउँमा मस्ती गर्छन । श्रीमान विदेश गएपछि गाउँबाट बजार झर्ने, बजारबाट शहर छिर्ने श्रीमती संख्या प्रसस्त छ ।
सिरहा स्वास्थ्य चौकी सुखीपुरको एक तथ्यांकका अनुसार श्रीमान विदेश गएका श्रीमतीहरु पनि अस्थायी साधन प्रयोग गर्छन । लुकीछिपी हुने अवैध सम्बन्धहरु सार्वजनिक हुँदैनन । सार्वजनिक भएका यस्ता थोरै मात्र सम्बन्धहरु छन् जसले समाजको वास्तविकता उदांगो पारेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…