नगरको समुदायिक विद्यालयहरुमा हुने गरेको भ्रष्टाचार रोक्ने : मेयर दास
नगर प्रमुखहरुले आफनो जिम्मेवारी बुझेर उठाएको कदमनिकै प्रशंसा योग्य रहेको औल्याए ।

२०७६ बैशाख २४ मंगलबार, दिउँसो ४:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले नगर भित्र रहेको समुदायिक विद्यालयहरुको भ्रष्टाचार रोक्ने दाबी गरेका छन् ।
मँगलबार नगरपालिकामा शिक्षामन्त्रालय, बिदेशी दातृ निकाय युनिसेफका प्रतिनिधि, एशियाली बिकास बैंक, बिश्व बैंक, जिल्ला शिक्षा समन्वय एकाई धनुषाका प्रतिनिधि सम्मलित एक टोलीविदेह नगरपालिकाको शिक्षाअवस्था बुझन आयोजना गरेको एक अन्तरक्रियाको क्रममा मेयर दासले सो कुरा बताएका हुन ।
नगर भित्रका सबै बिषयका विद्यालयको बस्तु स्थिती र कतिपय बिद्यालयहरुमा प्रधानाध्यापकहरुले गरेको भ्रष्टाचार र त्यसलाई रोक्न आफु हरपल तयार रहेको नगर प्रमुख दासले स्पष्ट पारे ।
बिद्यालयको सम्पति हिनामिना गरेको, बिद्यालयमा राजनिती गरोको, बिभिन्न शिर्षकमा निकासा भएको रकम भ्रष्टाचार गरेको जस्ता लिखितउजुरी तथा जनगुनासो आएका कारण नगर भित्रै एक प्रअलाई काज सरुवा समेत गरी कारवाहि समेत गरेको दासले जानकारी दिए ।
स्पष्ट कारण, लिखित तथ्यपरक उजुरी र जनगुनासो पछि कार्यपालिको निर्णय अनुसार सरुवा मात्र होईन कडा भन्दा कडा कारबाहि गरी जानकारी पठाउन जिल्ला शिक्षा समन्वय एकाई प्रमुख बरखु प्रसाद रजकआश्वस्त पारे ।
शिक्षा सम्बन्धि प्रायः सबै अधिकार स्थानिय निकायमा बिकेन्द्रिकरण भईसकेको अवस्थामा नगर प्रमुखहरुले आफनो जिम्मेवारी बुझेर उठाएको कदमनिकै प्रशंसा योग्य रहेको औल्याए ।
नगरपालिकाभित्रको सबै विद्यालयको शैक्षिकअवस्था सुधार तथाआई परेकाचुनौती सामनागर्दा के कस्ता अप्ठ्यारो आएको हो भन्ने बिषयमाब्यापक छलफल गरेका छन् । गुणत्मक शिक्षाकालागिनगरपालिकाले गरेकाप्रयासहरुको बिषयमाप्रमुखप्रशासकीयअधिकृत संजीव कुमार साहले जानकारी गराएकाथिए ।कार्यक्रममाबिभिन्न वडाका वडाध्यक्षहरु, नगरपालिकाकाकर्मचारीहरु तथाशिक्षा प्रेमीलखन दास समेत सहभागीभएकाथिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…