दुर्घटनामा युवतिको मृत्यूपछि तनावग्रस्त बनेका पूर्वपश्चिम राजमार्ग खुल्यो
स्थानीयले प्रहरीमाथि नै ढुङ्गा हानेपछि भीड नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरिएको थियो ।

२०७६ बैशाख १७ मंगलबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कैलाली । कैलालीको लम्कीमा ट्रकले ठक्कर दिएर एक युवतिको मृत्यू भएपछि तनावग्रस्त पूर्वपश्चिम राजमार्ग खुलार्ईएको छ ।
दोषीलाई कानुन बमोजिम कारवाही र मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिने सहमती पछि पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ। कैलालीको लम्कीमा ट्रकले ठक्कर दिदा ज्यान गुमाएकी २३ वर्षीया युवती सुनिता रावलका परिवारलाई उचित क्षतीपूर्ती र चालकलाई कारवाही गर्ने सहमती पछि स्थानीयले प्रर्दशनका कार्यक्रम फिर्ता लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले उक्त सहमतीपछि राजमार्ग सुचारु भएको जानकारी दिए। राजमार्ग सुचारु भएसंगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको छन्।
यसअघि स्थानीयले ट्रकको ठक्करबाट युवतीको ज्यान गएपछि लम्की बजारमा प्रर्दशन गर्दैै सडक अवरुद्ध पारेका थिए। कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि स्थिती तनावग्रस्त बनेको थियो।
युवतीको मृत्युपछि आक्रोशित भएका स्थानीयले दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतीपूर्ती माग गर्दै राजमार्ग अवरुद्ध पारेपछि स्थिती तनावग्रस्त भएको थियो भने प्रर्दशन उग्र भएर स्थानीयले प्रहरीमाथि नै ढुङ्गा हानेपछि भीड नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले प्रर्दशन उग्र भएपछि भीड नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरिएको जानकारी दिए। प्रर्दशनका क्रममा स्थानीयले हानेको ढुङ्गा लागेर केही सुरक्षाकर्मी घाईते भएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।
उनका अनुसार स्थिती तनावग्रस्त भएपछि लम्कीमा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन लम्कीमै थन्किएको भएपनि अहिले परिवारसँग सहमति भएपछि अवस्था सहज भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…