प्रदेश सांसद साहले गरे मस्जिद भवन शिलान्यास
कुल लागत ५ लाख रहेको प्रदेश सभा सदस्य तेलीले बताए ।
२०७६ बैशाख १६ सोमबार, दिउँसो २:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । सोमवार वीरगँज महानगरपालिका वडा नं २७ टोल कुहडीमा जामे मस्जिदको शिलान्यास गरिएको छ ।
प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहको संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने जामे मस्जिद शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसियाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश सभा सदस्य राजेश्वर प्रसाद तेलीले शिलान्यास गरिएका हुन् । यसअघि पर्सागढी नगरपालिका वडा नं ३ मा रहेको आमोदेवी मन्दिर प्रवेश द्वारको शिलान्यास प्रदेश सभा सदस्य राजेश्वर प्रसाद तेलीकै क्षेत्र विकास कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसियाले गरेका थिए ।
प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहको संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने जामे मस्जिदको कुल लागत ५ लाख रहेको प्रदेश सभा सदस्य तेलीले बताए ।
जामे मस्जिद निर्माण उपभोक्ता समितिकाका अध्यक्ष अकुम मियाँ अंसारीको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा स्थानीय नेता हृदेनारायण पटेल, प्रेमचन्द्र कुशवाहा, नेविसंघ का सरोज चौरसिया, वडा सदस्य संदिप साह, युवा नेता धर्मेन्द्र पटेल लगायत स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
श्रवण साह, पर्सा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…