भर्नाको लागि विद्यार्थी खोज्दै घरदैलो
न्यूज ब्यूरो, सुनसरी । बालबालिका खोज्दै दुहबी नगरपालिका ६ नम्बरमा रहेको श्री पंचायत आधारभूत विद्यालय (१ ८) गाउँ पसेका छन। बिधालय पहुँच बाहिर रहेका बालबालिकालाई भर्ना गराउन उनिहरु घरदैलो अभियानमा जुटेका हुन्।बालबालिकालाई बिधालयमा ल्याउने अभिभावकसंग छलफल गर्न घरदैलो कार्यक्रम सुरु गरिएको व्यवस्थापन सम
२०७६ बैशाख १५ आइतबार, राति ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । बालबालिका खोज्दै दुहबी नगरपालिका ६ नम्बरमा रहेको श्री पंचायत आधारभूत विद्यालय (१ ८) गाउँ पसेका छन।
बिधालय पहुँच बाहिर रहेका बालबालिकालाई भर्ना गराउन उनिहरु घरदैलो अभियानमा जुटेका हुन्।बालबालिकालाई बिधालयमा ल्याउने अभिभावकसंग छलफल गर्न घरदैलो कार्यक्रम सुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष उमेश मण्डले बताए ।
अधिकांस बालबालिकाले बिधालय छाड्न लागेपछि आर्थिक सहायतासहित गाउँ पसेको उनले बताए ।विपन्न परिवारका बालबालिकाले बिचेमा कक्षा छाड्ने गरेकाले उनिहरुका अभिभावकलाई शिक्षाको महत्त्व बुझाउनुका साथै बालबालिकालाई नियमित बिधालयमा पठाउन आग्रह गर्न थालेको अध्यक्ष बताए ।
दिवा खाजा पोसाक र शैक्षिक समाग्रि व्यवस्था गरि भर्ना अभियानमा संलग्न भएको उनको भनाइ छ। बैशाख ३ गते देखि बैशाख मसान्तसम्म बालबालिकालाई मुस्कानसहितको भर्ना पाठ्यपुस्तकसहित बिधालयमा स्वागत गरि निःशुल्क तथा अनिवार्य शिक्षा प्रदान गर्ने कार्यक्रम छ।
यसका लागि "हाम्रो नगर हाम्रो गाउँ सबै बालबालिकालाई बिधालय पुरयाऔँ" , नाराका साथ देशव्यापी अभियान जारि छ। अभियानमा बिधालयका सम्पूर्ण शिक्षक शिक्षिका र कर्मचारीहरु समेत सहभागीता रहेको थियोे
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…