मधेशका यी दिग्गज कलाकार जीवन र मृत्यूसँग लडदै , सहयोगको लागि कुर्दै !
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको एक दिग्गज कलाकार अहिले जीवन र मृत्यूसँग अस्पतालमा संघर्ष गरिरहेका छन् । कुनै पनि सभ्यताको भाषा, कला, संस्कृतिलाई जोगाउने कार्यमा कालाकारहरुको महत्वपूर्ण भूमिका हुन्छ । आफू दुःखको भूमरीमा फसेपनि कलाकार भने अरुलाई मनोरञ्जन दिने, हसाउने वा रुवाउने कार्यमा तल्लिन नै हुन्

२०७६ बैशाख १३ शुक्रबार, राति ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको एक दिग्गज कलाकार अहिले जीवन र मृत्यूसँग अस्पतालमा संघर्ष गरिरहेका छन् ।
कुनै पनि सभ्यताको भाषा, कला, संस्कृतिलाई जोगाउने कार्यमा कालाकारहरुको महत्वपूर्ण भूमिका हुन्छ । आफू दुःखको भूमरीमा फसेपनि कलाकार भने अरुलाई मनोरञ्जन दिने, हसाउने वा रुवाउने कार्यमा तल्लिन नै हुन्छन् ।
यस्तै कलाकारहरु मध्ये एक हुन कलाकार शम्भु कर्ण । जो मुख्य रुपमा तबला वादक हुन् । उनै मिथिलाका प्रसिद्ध तबला वादक आज जीवन मरणको दोसाधमा छन् । तबला वादनमा नाम कमाएका शम्भुको दुई किडनी काम गर्न छोडेपछि उनी मृत्यू शैयामा पुगेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण विगत एक वर्षदेखि यो समस्या रहेपनि उपचार गराउन सकेका थिएनन् ।
तर उनको किडनी नै काम गर्न छोडेपछि जीवनको अन्तिम घडीमा आएर उपचारका लागि गत एक हप्तादेखि भक्तपुरस्थित मानव अंग प्रत्यारोण केन्द्र भक्तपुरमा भर्ना भएका थिए । तर त्यहाँ नर्सहरुको हडतालका कारण उपचार सम्भव नभएपछि उनलाई आज त्यहाँबाट पनि डिस्चार्ज गरिएको छ । उनलाई अब उपचारका लागि काठमाडौँस्थित विर अस्पतालमा भर्ना गरिएको छ ।
उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार कलाकार शम्भुको दूबै किडनी काम गर्न छोडेकोले ५ दिन भित्र किड्नी प्रत्यारोपण गर्नु आवश्यक रहेको छ । यसका साथै जनकपुरधामस्थित उनी आवद्ध संस्था मिथिला नाट्य कला परिषदले कलाकार शम्भु कर्णको रक्षार्थ अभियान अगाडी बढाएको छ ।
मिथिला नाट्य कला परिषदले उनको रक्षाका लागि सबैलाई सहयोग गरि दिन आग्रह गरेको छ । यसका लागि परिषदको सानिमा बैंकमा रहेको खाता नम्बर ०३३०००००५५६०१ मा आर्थिक सहयोगका लागि अपिल गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…