बारा घटना : 'विद्यार्थी जनमत सँघ' रक्तदान कार्यक्रम गर्दै, सहभागिताको अपील
रक्तदान कार्यक्रममा मानवताको हैसियतले रक्तदान गरी घाईतेहरुको जीवन रक्षा गरिदिन अपील गरेको छ ।

२०७५ चैत १८ सोमबार, बिहान ११:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेशको जिल्लामा गएराति आएको भीषण हावाहुरीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विद्यार्थी जनमत सँघ सिरहाले रक्तदान कार्यक्रम मार्फत् रक्त सँकलन गर्ने भएको छ ।
बारा र पर्सामा राति गएको आँधीवेहरीमा परी घाईते भएकाहरुको उपचारका लागि रगत अभाव भएपछि विद्यार्थी जनमत सँघ सिरहाले रक्त सँकलन गर्ने भएको हो । सँघले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा सिरहाको लहानस्थित जेएस मुरारका क्याम्पसमा आज १२ बजेदेखि गर्न लागेको रक्तदान कार्यक्रममा मानवताको हैसियतले रक्तदान गरी घाईतेहरुको जीवन रक्षा गरिदिन अपील गरेको छ ।
उपचाररतहरुका लागि अस्पताललाई एकैचोटी धेरै रगत आवश्यक पर्दा रगत अभाव भएको जनाइएको छ । उनीहरुका लागि मधेशका विभिन्न स्थानबाट राहत तथा रक्त सँकलन कार्य जारी राखिएको छ ।
उक्त दैवीक प्रकोपमा परी घाईते ५०० बढी सर्वसाधारणहरु विभिन्न स्थानका हस्पिटलहरुमा उपचार जारी रहेको छ भने उनीहरुका लागि अस्पतालमा विभिन्न समूहका रक्तको अभाव भएको हो ।
आईतवार साँझ बारा र पर्सामा असिना पानीसँगै आएको भीषण हावाहुरीले अहिलेसम्म ३७ जनाभन्दा बढीको ज्यान गइसकेको छ भने ५ सयभन्दा बढी घाईते भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…