मधेशी विद्यार्थी उपर भएको दमनप्रति 'विद्यार्थी जनमत संघ' को कडा आपत्ति
विद्यार्थीहरुको भावनालाई अविलम्ब कदर गरिदिन सरकारसँग माग समेत गरेको छ ।

२०७५ चैत १६ शनिबार, बिहान ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । एसईई परीक्षा रद्द भएको विरोधमा प्रदर्शनमा उत्रेका मधेशी विद्यार्थी उपर प्रहरीद्धारा भएको दमनप्रति विद्यार्थी जनमत संघ सिरहाले आपत्ति जनाएको छ ।
चैत्र १० गतेदेखि सञ्चालन भएको एसईई परीक्षाको चौथौं र पाचौं दिनमा बिज्ञान र सामाजिक बिषयको प्रश्नपत्र परीक्षा अगाबै बाहिरिएको र न्यायको लागि सडकमा उत्रिएका विद्यार्थीमाथि गरिएको प्रहरी दमनप्रति संघले बिज्ञप्ति मार्फत गम्भिर ध्यानाकर्षण जनाएको हो ।
वर्षौंको मेहनत र आगामि भविष्यको रुपरेखा तयार पारिरहेका ती कलिला यूवा विद्यार्थीहरुको भबिष्यसँग खेलवाड गरिएको संघले ठहर गरेको छ । प्रशासन र जिम्मेवार निकायको लापरबाहीका कारण हजारौं मधेशी विद्यार्थीको जिवनमा पर्न गएको असरप्रति संघले दु:ख व्यक्त गर्दै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।
न्यायको लागि सडक संघर्ष गर्न बाध्य बनेका मधेशी विद्यार्थी उपर नेपाल प्रहरीद्धारा गरिएको दमन, लाठ्ठी चार्ज र आश्रु ग्यास प्रहारप्रति संघले घोर आपत्ति जनाउँदै विद्यार्थीहरुको भावनालाई अविलम्ब कदर गरिदिन सरकारसँग माग समेत गरेको छ ।
अनुसन्धानको नाममा समय बिताउने प्रचलन रहेको भन्दै यथासिघ्र दोषीलाई पत्ता लगाई सार्वजनिक गर्न समेत संघको माग छ । मधेशी विद्यार्थीहरुको न्यायको आवाजमा संघले एक्यवद्धता जनाउँदै नेपाल सरकारद्धारा अविलम्ब मधेशी विद्यार्थीको माग सम्बोधन नगरिए र दोषीलाई कारवाही गरेर परिक्षाको माहौललाई शान्तिपूर्ण एवं मर्यादित नबनाईए कडा कदम चाल्न बाध्य हुने जनमत विद्यार्थी संघ सिरहाले चेतावनी समेत दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…