परीक्षार्थीको आन्दोलनले जनकपुर तनावग्रस्त, मुख्यमन्त्री कार्यालयमा ढुँगामुढा !
उनीहरुले भानुचाकेमा समेत सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

२०७५ चैत १५ शुक्रबार, बिहान १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश सरकारले प्रदेश २ को विज्ञान तथा समाजिक विषयको परीक्षा रद्द एवम् स्थगित गरेको भन्दै परीक्षार्थीहरु जनकपुर तताएका छन् ।
एसईईमा सहभागी हुने परीक्षार्थीहरुले शुक्रबार आज हुने अनिवार्य समाजिक अध्ययन विषयको परीक्षा प्रदेश सरकारले प्रश्नपत्र आउट भएको भन्दै स्थगित गरेकोले उनीहरु आन्दोलनमा उत्रेका छन् । परीक्षार्थीहरु जनकपुरको विभिन्न चोकहरुमा चर्को नारावाजी गर्दै आन्दोलनमा उत्रेका हुन् ।
प्रश्नपत्र परीक्षाको एकदिन अगावै आउट भएपछि पूर्व निर्धारित शुक्रबार हुने अनिवार्य समाजिक विषयको रेगुलर तर्फको परीक्षा परीक्षा बोर्डले स्थगित गरेपछि परीक्षार्थी आक्रोसित हुँदै आन्दोलनमा उत्रेका छन् । उनीहरुले एक व्यक्तिको गल्तीको कारण प्रदेशभरिकै विद्यार्थीको भविष्य अन्यौल गरेको ठहर गर्दै आन्दोलनमा उत्रेका हुन् ।

सुनियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै आक्रोसित परीक्षार्थीले पीडारीचोकमा प्रदर्शन गर्नुको साथै केहि सवारीसाधनमा तोडफोड समेत गरेका छन् । उनीहरुले पीडारीचोकमा टायर बालेर प्रदर्शन गर्न थालेपछि अहिले एकघण्टादेखि सडक अवरुद्ध भएको छ ।
विद्यार्थीको भविष्यसंग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोकमा आज विहान परीक्षार्थीहरुले प्रदेश सरकारको कार्यालय अगाडी नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
आक्राशित विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय ढुंगा प्रहार गरी तोडफोड गरेका छन् । उनीहरुले भानुचाकेमा समेत सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।प्रश्नपत्र कहाँबाट र कसरी आउट भएको विषयमा अहिले छानबिन समिति सक्रिय रुपमा अनुसन्धान तथा अनुगमनमा लागेका छन् । नेपाली विषयको परीक्षादिनदेखि नै यस्ता घटना चरणवद्ध रुपमा हुँदै आएको छ । त्यो पनि मात्र प्रदेश नं. २ मा ।

आक्रोसित परीक्षार्थीहरुले जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ कार्यालय) अगाडी समेत प्रदर्शन गरेका छन् । उनीहरुले प्रश्नपत्र आउट हुँदा प्रशासनको पनि हात रहेको तथा प्रहरी प्रशासनकै सक्रियतामा प्रश्नपत्र आउट हुँदै आएको आरोप लगाउँतै एवम् दोषीलाई कारवाहीको लागि सक्रियता नदेखाएको भन्दै प्रदर्शन गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…