परिक्रमावासीलाई स्वागतको लागि स्थानीय प्रहरीद्धारा वृहत सरसफाई
न्यूज ब्यूरो, धनुषा । मधेशको १५ दिने माध्यमिकी परिक्रमावासीलाई स्वागतको लागि स्थानीय प्रहरीद्धारा वृहत सरसफाई गरिएको छ । महोत्तरी जिल्लाको अन्तिम पडाव भँगहा नगरपालिकाको कञ्चनवनमा राती विश्राम गरेका परिक्रमाको धार्मिक लस्कर विहानै धनुषाको पर्वत पुगेका छन् । परिक्रमाको धार्मिक लस्करलाई भव्य स्वागतको ल

२०७५ फागुन ३० बिहीबार, दिउँसो २:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । मधेशको १५ दिने माध्यमिकी परिक्रमावासीलाई स्वागतको लागि स्थानीय प्रहरीद्धारा वृहत सरसफाई गरिएको छ ।
महोत्तरी जिल्लाको अन्तिम पडाव भँगहा नगरपालिकाको कञ्चनवनमा राती विश्राम गरेका परिक्रमाको धार्मिक लस्कर विहानै धनुषाको पर्वत पुगेका छन् । परिक्रमाको धार्मिक लस्करलाई भव्य स्वागतको लागि स्थानीय युवाहरु तथा प्रहरीको सक्रियतामा वृहत सरफाई गरी स्वागत गर्ने कार्यक्रम रहेको छ ।
उमाप्रेमपुर प्रहरी चौकीका इन्चार्ज गोपाल श्रेष्ठको अगुवाइमा धार्मिक लस्कर परिक्रमालाई मध्यनजर गर्दै नौसयविघाको बजार बाटो घाटो परिसरमा बृहत सरसफाइ गरिएको हो । बुधबार बिहानै ७ः३० बजेदेखि समयमा विभिन्न राजनेतिक दलका प्रतिनिधि स्थानीय ब्यपारी प्रहरी समेतको रोहबरमा सरसफाइ गरिएको थियो ।
आज शुक्रबार विहानै पर्वता (नौसयविघा) पुगेका परिक्रमाको धार्मिक लस्करलाई स्थानीय जनप्रतिनीधि र नगरपालिकाले स्वागतमा कुनै कसर नछाडने तथा युवाहरुलाई समेत सुरक्षा दृष्टिकोणले परिचालन गरिएको जनाइएको छ । भोली विहानै धनुषाधामको लागि परिक्रममावासीहरु प्रस्थान गर्ने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…