महिला अभियानी झाको अगुवाईमा सरफाईलाई निरन्तरता
न्यूज ब्यूरो, जनकपुरधाम । साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत जनकपुरधामको रेल्वे ट्रैकमा शनिबार सरसफाईलाई निरन्तरता दिएको छ । महिला सरसफाई अभियानी रुवी झाको अगुवाईमा १२ औँ सप्ताहको लागि सरसफाईलाई निरन्तरता दिइएको हो । झाको अगुवाईमा भएको सो सरसफाई कार्यक्रम अन्तर्गत ऐतिहासिक जनकपुर जयनगर रेल्वे ट्रैक
२०७५ फागुन २५ शनिबार, दिउँसो ४:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत जनकपुरधामको रेल्वे ट्रैकमा शनिबार सरसफाईलाई निरन्तरता दिएको छ ।
महिला सरसफाई अभियानी रुवी झाको अगुवाईमा १२ औँ सप्ताहको लागि सरसफाईलाई निरन्तरता दिइएको हो । झाको अगुवाईमा भएको सो सरसफाई कार्यक्रम अन्तर्गत ऐतिहासिक जनकपुर जयनगर रेल्वे ट्रैक र आसपासको क्षेत्रमा वृहत सरसफाई गरिएको छ भने त्यसलगत्तै भानुचोकसम्म समेत झाडु लगाइएको हो ।
समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत गरिएको सो कार्यक्रममा उपभोक्ता सर्वसाधारणहरुमा यस क्षेत्र लगायत अन्य कुनै पनि ठाउँमा जथाभावी फोहोर नफाल्न आग्रह गर्दै फोहोर भए उचीत व्यवस्थापनको लागि सल्लाह समेत दिएका हुन् । सो कार्यक्रममा राजपा नेपालको केन्द्रीय महासचिब तथा क्लॉथ बैंक धनुषाका अध्यक्ष राजीब झा , अभियानी अमित पाण्डेय , रेलवे प्रहरीको प्रमुख, क्लॉथ बैंक धनुषाका सदस्य तथा यूवा सरसफाई अभियानी दिपक कुमार चौधरी , बिद्यार्थी अगुवा रोशन मिश्रा, बिद्यार्थी अगुवा दिनेश यादव , सरसफाई अभियानि आरती मंडल ,अभियानी सरस्वती श्रेष्ठा, रजत कायस्थ, बलराम मंडल, सरिता ठाकुर , नेहा शर्मा, अमित मंडल ,दिवाकर झा, इंद्रजीत राउत, मदन लगायत टोल बासीहरूको तथा रेलवे प्रहरीको सम्पूर्ण टीमको विशृेष सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शंकर प्रसाद यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…