सिरहाका 'रञ्जित' चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइके : यसरी पक्राउ परे !
महतोले के कति महिलालाई सीमापारी पु¥याएको छ भन्ने बारे खुल्न बाँकी रहेको छ ।

२०७५ फागुन २१ मंगलबार, बेलुकी ५:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । सिरहाको मिर्चैया नगरपालिका १० पिपरागाउँ सिताटोल बस्ने रञ्जित महतो पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा पत्रकार र सिरहाका प्रमुख जिल्ला अधिकारीको सहकार्यमा महतोलाई प्रहरीले पक्राउ गरेको हो । नेपाली महिलालाई विदेश लगेर महतोले बेचबिखन गर्दै आएको आरोपमा पक्राउ गरिएको छ ।
गत साउन महिनामा महतोले कुवेत लैजाने भन्दै भारतको बनारसमा बन्धक बनाएर राखेका १ सय ५० मध्ये बर्दियाका दुई महिलाको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बताए ।
पक्राउ परेका महतोलाई म्याद थप गरि अनुसन्धान गर्ने तयारी भईरहेको बर्दिया प्रहरी प्रमुख सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिए ।
महतोले के कति महिलालाई सीमापारी पु¥याएको छ भन्ने बारे खुल्न बाँकी रहेको उनले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…