सिरहामा बलात्कारको आरोपमा दुईजना पक्राउ !
उनीहरुलाई नियन्त्रणमा लिई दुबै घटना उपर प्रहरीले थप अनुसन्धान थालेको जनाइएको छ ।

२०७५ फागुन ८ बुधबार, दिउँसो ४:३९ बजे१ मिनेट पढाइ

सिरहा, ८ फागुन । सिरहामा जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । सिरहाको दुई अलगै अलग स्थानबाट जबर्जस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १३ भोरलेनि बस्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका १३ खजनपुरका २४ वर्षीय श्रीराम यादवलाई बुधवार बिहान पक्राउ गरिएको छ ।
नजिकैको चन्डेरा जंगलमा दाउरा टिप्न गएको अवस्थामा निज बालिकालाई ७ गते मंगलवार साँझ जबर्जस्ती करणी गरी भागेको आरोपमा यादवलाई ईलाका प्रहरी कार्यालय सिरहाको विष्णुपुरकट्टीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा पठाइएको छ ।
त्यस्तै, सिरहाको गोलबजार नगरपालिका १० घुर्मिघाट बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ति करणी गरेको अभियोगमा सोही नगरपालिका बस्ने अन्दाजी २१ वर्षीय दीपक राईलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरमा कोही नभएको अवस्थामा निज बालिकालाई जवरजस्ति करणी गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिरहाको गोलबजारबाट खटिएको प्रहरी टोलिले राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई दुबै घटना उपर प्रहरीले थप अनुसन्धान थालेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…