धनुषाबाट डकैतीको आरोपमा दुई जना पक्राउ, पेसेवर डकैत रहेको खुलासा !
प्रहरीले सक्रिय अपरेशन चलाएपछि सोमन र रञ्जित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

२०७५ फागुन ६ सोमबार, राति ८:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषा जिल्लाको पूर्वी भेकमा डाँका तथा चोरी गरी तहल्का मच्चाएको भन्दै प्रहरी सक्रिय भएपछि दुई जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी पूर्वी धनुषाको कमला नगरपालिका सहित विभिन्न स्थानमा डकैती गरेको आरोपमा दुई जनालाई पक्राउ री सार्वजनिक गरेका हुन् । गत महिना मात्र माघ २५ मा जिल्लाको कमला नगरपालिका वडा नं. १ मंगराहाका बह्मदेव यादव र वडा नं. ३ लगमा बजारका रामचन्द्र यादवको घरमा लाखौं मूल्य बराबरको धनमाल लुटेपछि प्रहरी सक्रिय भएको थियो ।
कमला नगरपालिकामा एक दिनकै अन्तरालमा सिरियलवाईज डकैतीको घटनालाई अन्जाम दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषा चनाखो भएको थियो । उक्त सिरियलवाईज घटनाहरुको अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको संयुक्त विशेष टोलीले विदेह नगरपालिका–४ ठाडीझिजाका सुरेश पासवानका छोरा सोमन पासवान र मुखी पासवानका छोरा रञ्जित भन्ने अरुणकुमार पासवानलाई पक्राउ गरी सार्वजनिक गरेका हुन ।
गएको शनिबार राती करिब १ः३० बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नं. ४ ठाडीझिजाको एक घरमा ७/८ जनाको समूहमा डाँकाहरू लुकेर बसेको खबर पाएको आधारमा प्रहरीले सक्रिय अपरेशन चलाएपछि सोमन र रञ्जित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । बाँकी त्यहाँबाट भाग्न सफल भएको जानकारी दिएको हो ।
तिनीहरूका साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, त्यसमा लोड हुने गोली २ राउन्ड, डाँकामा प्रयोग गरिने हथौडा, छेनी, कैची, पेचकसलगायत सामग्री, ३ थान क्यामरा, केही लागूऔषध र नगद ९ हजार ९ सय २५ रुपैयाँ बरामद गरिएको जानकारी प्रहरीले दिएको छ ।
ती डाँकाहरू सिरहा, सप्तरी, सर्लाही, महोत्तरी र भारतीय सीमापारिका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये रञ्जित २०७० सालमा जिल्लाको बनिनियाँस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमको कार्यालयमा समेत डकैती गरेको अनुसन्धानमा देखिएको उनले थपे ।
डाँका समूहले बह्मदेवको घरबाट ३ लाख १२ हजार र रामचन्द्रको घरबाट एक लाख ६७ हजार रुपैयाँबराबरको धनमाल लुटेको थियो । पक्राउ परेका डाँकाविरुद्ध हातहतियार खरखजाना, लागूऔषध तथा डाँका मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
सोही राति करीब साढे ९ बजे प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२० देउपुरारूपैठा निवासी ३२ वर्षीय इसराफुल खानलाई एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित पक्राउ गरेको थियो ।
डकैती सम्बन्धी अन्य समाचारहरु पढनुहोस् ।
धनुषाको मँगराहामा भयंकर डकैती, गाउँले उपर बम प्रहार !
धनुषामै पुनः त्यही नगरपालिकामा दिउँसै अर्को डकैती, परिवारजन उपर हतियार प्रहार !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…