• २०७६ भदौ २ गते, सोमबार
१०:०५ pm

धनुषाको मँगराहामा भयंकर डकैती, गाउँले उपर बम प्रहार  !

कमला किनारका गाउँ वस्तीहरुमा डकैती, लुटपाटको घटनामा दिनानुदिन वृद्धि हुँदै गएको छ । 

फाईल तस्विर : Google.com

जनकपुरधाम, २५ माघ । धनुषामा गएराती एक घरमा डकैती गरिएको छ । 

 

पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. १ मँगराहा टोलमा गएराती करिब १२ः३० बजेको समयमा गाउँ पसेका १०/१२ जनाको समूहमा गएका डकैतहरुले स्थानीय ब्रम्हमदेव यादवको घरमा डकैती गरी हजारौँको जिन्सी समानहरु लुटपाट गरिएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । 

 

गाउँको छेउमा घर रहेको यादवको घरमा राती पसेका डकैतहरुले उनको घरमा प्रवेश गरी कुटपिट गरेर घाईते समेत बनाएको छ । डकैतीको बेला कुटपिट गर्दा ब्रम्हमदेव चिच्याएपछि गाउँलेहरु निन्द्राबाट ब्यूझिएपछि उनलाई बचाउन अग्रसर भएको थियो ।

 

घरबाट महिलाहरुको गरगहना र नगद सहित करिब २ लाख ५० हजार मूल्य बराबरको सर समान लुटेर लगेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भिर घाईते भएका ब्रम्हमदेवलाई स्थानीय क्लीनिकमा उपचार गराएपछि थप उपचारको लागि जनकपुर लैजाने तयारी भईरहेको जनाइएको छ । 

 

गाउँलेहरुले तत्कालै ईलाका प्रहरी कार्यालय खजुरीलाई खवर गरेपछि डाँकाहरुलाई मध्यनजर गर्दै प्रहरी ईन्चार्ज एवम् ईन्सपेक्टर शेषाराम थन्दारले ईलाका मातहत पर्ने प्रहरीचौक बनरझूला र सखुवा थानाको थप प्रहरीको टोली साथै घटनास्थल पुगेका थिए । 

 

तत्कालै खवर पाएलगत्तै घटनास्थल पुगेका प्रहरीको टोलीको आहटपछि डाँकाहरु भागेका थिए । त्यसअघि गाउँलेहरु प्रतिकार गर्न खोजेपछि उनीहरु उपर सुतली बम प्रहार गरेर डाँकाहरु पन्छीएका थिए । सुतली बम प्रहारपछि डराएका गाउँलेहरु पनि पछाडी हटेका थिए । 

 

यस घटनाबारे अनुसन्धान भईरहेको छ भने शिघ्र यसमा सँलग्नहरुलाई कानुनको दायरामा ल्याउने प्रहरीले जनाएको छ । कमला किनारका गाउँ वस्तीहरुमा डकैती, लुटपाटको घटनामा दिनानुदिन वृद्धि हुँदै गएको छ । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस