• २०७५ फाल्गुण १२ गते, आइतबार
०६:२९ am

धनुषामै पुनः त्यही नगरपालिकामा दिउँसै अर्को डकैती, परिवारजन उपर हतियार प्रहार !

घाईते सबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । 

फाईल तस्विर : Google.com


जनकपुरधाम, २६ माघ । विहिबार राती धनुषाको कमला नगरपालिकामा डकैती भएको घटना नसेलाउँदै शुक्रबार पुनः त्यही नगरपालिकामा डकैती भएको छ । 

 

विहिबार राती डकैतहरुको समूहले कमला नगरपालिका वडा नं. १ मँगराहामा डकैती भएको थियो भने शुक्रबार मात्र दिउँसै कमला नगरपालिका वडा नं. ३ लगमामा समेत डकैती भएको छ । दिउँसो करिब ४ बजेको समयमा पूर्व गाविस माचि झिटकैया वडा नं. ५ तथा वर्तमान कमला नगरपालिका वडा नं. ३ लगमा बस्ने स्थानीय रामचन्द्र यादवको घरमा डकैती भएको हो । 


पूर्वी धनुषाको कमला नदिदेखि करिब ३ किलोमिटरको दुरीमा मात्र रहेको लगमामा  ७ ८  जनाको समूहमा गएका ती डकैतहरुले घरको ढोका फुटाई प्रवेश गरी परिवारलाई नियन्त्रणमा लिई लुटपाट गरेका हुन् । उनीहरुले करिब २ लाख मूल्य बराबरको गरगहना तथा जिन्सी सरसमानहरु लुटेर लगेको पीडित परिवारजनले जनाएको छ । 


उक्त घटनामा रामचन्द्रकी श्रीमति सुनरदेवी यादव र २५ वर्षीय छोरा सहदेव यादव र बुहारी जनकदेवी यादव लुटेराको कुटाइबाट घाइते भएका छन् । घाईते सबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । 


पूर्वी धनुषाको कमला किनारका वस्तीहरुमा दिनानुदिन यस प्रकृतिका घटनाहरुमा वृद्धि भएपनि धनुषा प्रहरी भने रतिभर सुरक्षा अवस्थाको अनूभूति दिन सकेका छैनन् । लगमा देखि मात्र ३ किलोमिटरकै दुरीमा रहेको ईलाका प्रहरी कार्यालय खजुरी, केही किलोमिटरको दुरीमा रहेको प्रहरी कार्यालय बनरझूलाले समेत रहेको छ । 


गत वर्ष पनि यस्ता घटनाहरु निकै भएका थिए । यस्ता घटनाहरुलाई स्थानीय केही युवाहरुको जमात नै सक्रिय भएको हुनुपर्ने अनुमान गरिएको छ । 

 

डकैती सम्बन्धी थप समाचार पढनुहोस् ।
 

धनुषाको मँगराहामा भयंकर डकैती, गाउँले उपर बम प्रहार  !

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस