जनकपुर अञ्चल अस्पतालको पछाडी भ्रुण शिशू यस्तो हालातमा फेला !
जनकपुरधाम, १ फागुन । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम स्थित जनकपुर अञ्चल अस्पतालको पछाडीमै एक मृत नवजात शिशू फेला परेको छ । जनकपुर अञ्चल अस्पतालको पश्चिमपट्टी तथा बाह्रविघा रंभभूमि मैदानको पूर्वपट्टिको पर्खालबीचमा रहेको गल्लीबाटोमा अन्दाजी ६ ७ महिनाको गर्भभ्रुन शिशु मृत अवस्थामा फेला परेको

२०७५ फागुन १ बुधबार, बिहान ९:३७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १ फागुन । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम स्थित जनकपुर अञ्चल अस्पतालको पछाडीमै एक मृत नवजात शिशू फेला परेको छ ।
जनकपुर अञ्चल अस्पतालको पश्चिमपट्टी तथा बाह्रविघा रंभभूमि मैदानको पूर्वपट्टिको पर्खालबीचमा रहेको गल्लीबाटोमा अन्दाजी ६ ७ महिनाको गर्भभ्रुन शिशु मृत अवस्थामा फेला परेको हो । एका विहानै मर्निंग वाकमा निस्केका सर्वसाधारणहरुले बीच सडकमै शिशुलाई देखेपछि तत्कालै अञ्चल अस्पताल नजिकै रहेको जानकी प्रहरी चौकीमा खवर गरेको थियो ।
भ्रुण शिशु छोरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शिशुलाई कसले र किन फालेको भन्ने बारे जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ । घटनाको मुचूल्का उठाएपछि मात्र थप विवरण आउने जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…