पत्रकार सन्यासी जस्तै हुन : प्रदेश प्रमुख कायश्थ
सप्तरी, २६ माघ । प्र देश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गर्दै पत्रकारको जीवन सन्यासी जस्तै रहेको बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका १२ को धारापानी स्थित रमणीय पर्यटकिय तथा पिकनिक स्पँटमा नेपाल पत्रकार महासँघ सप्तरी शाखाको बार्षिक साधारण सभालाई उद्धघाटन
२०७५ माघ २६ शनिबार, राति ८:०८ बजे१ मिनेट पढाइ

सप्तरी, २६ माघ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गर्दै पत्रकारको जीवन सन्यासी जस्तै रहेको बताएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ को धारापानी स्थित रमणीय पर्यटकिय तथा पिकनिक स्पँटमा नेपाल पत्रकार महासँघ सप्तरी शाखाको बार्षिक साधारण सभालाई उद्धघाटन गर्दै उहाँले सो धारणा राखेका हुन । पत्रकार आफु सन्यासी जस्तै भएर देश र समाजको बिषयमा बढी चिन्तित हुने गरेको उनको भनाई थियो ।
पत्रकार सन्यासी जस्तै आफु आर्थिक रुपमा कमजोर भएपनि सरकार तथा नेतृत्व वर्गलाई समय समयमा सही मार्गदर्शन गराउँदै मार्गदर्शकको भुमिका निर्वाह गर्दै आईरहेको धारणा राख्दै पत्रकारहरुलाई व्यवसायिक पत्रकारिता गरे पत्रकारिताको गुणवत्ता समाप्त भएर जाने विचार प्रस्तुत गरे ।
त्यस्तै, कार्यक्रममा बोल्दै पत्रकार बैधनाथ यादवले सरकारद्धारा प्रेस स्वतन्त्रतालाई समाप्त पार्ने षडयन्त्र भईरहेको गुनासो गरे । साथै यादवले प्रदेश नं। २ मा भ्रष्टाचार चरम सीमामा पुगेको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए । यस्तै, पत्रकार श्याम सुन्दर यादवले सप्त क्रिषिको बास स्थान भएकोले सप्तरी यस जिल्लाको नाम रहेको र सप्तरी भित्र अनेकौै पर्यटकीय स्थलहरु रहेको बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा १ दर्जन भन्दा बढी वक्ताहरुले शुभकामना मनतव्य राखेका थिए । पिकनिक स्थलमा खुला आकाश मुनि नौलो तरीकाले नेपाल पत्रकार महासँघ सप्तरी शाखाले बार्षिक साधारण सभा मनाईरहँदा ठुलो बर्षा तथा हवाहुरीले कार्यक्रम केही बेर प्रभावित भएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य सँघका अध्यक्ष, विभिन्न सँघ सँगठनका पत्रकार, पुर्व मन्त्री हेमराज तातैर, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
ब्रम्हानन्द ठाकुर
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…