दलित बालबालिकाहरुलाई एलायन्स क्लबद्धारा शैक्षिक समाग्री
जनकपुरधाम, २६ माघ । एलायन्स युथ क्लब जनकपुरद्धारा एक विद्यालयका दलित बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ । सेवा नै धर्म हो मूल नाराका साथ जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत वार्ड नं ६ मा स्थित रहेको राष्ट्रीय जनता प्राथमिक विद्यालयमा एलायन्स युवा क्लबद्धारा अध्ययनरत दलीत बालबालिकाहरुल

२०७५ माघ २६ शनिबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २६ माघ । एलायन्स युथ क्लब जनकपुरद्धारा एक विद्यालयका दलित बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ ।
सेवा नै धर्म हो मूल नाराका साथ जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत वार्ड नं ६ मा स्थित रहेको राष्ट्रीय जनता प्राथमिक विद्यालयमा एलायन्स युवा क्लबद्धारा अध्ययनरत दलीत बालबालिकाहरुलाई कापी, पेन्सिल , बिस्कुट, इरेजर , कटर लगायतका समाग्री वितरण गरिएको हो ।
क्लकका सदस्य समिर सिद्दीकीको अगुवाईमा आयोजना गरिएको उक्त वितरण कार्यक्रमको दौरान क्लबका सल्लाहकार चन्दन ब्रम्हचारीले विद्यालयको कच्ची रहेको फिल्डमा ढलान गर्ने जिम्मेवारी लिएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप कनेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वडाध्यक्ष जगन्नाथ सहित दिपक झा , ज्ञानु झा , महिला अधिकारकर्मी सुभद्रा आले , निर्मला दिदी एवम अतिथीमा राजपाका कार्यकर्ता प्रशान्त झा लगायत विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीगणहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कनेलले एलायन्स युवा क्लबको कार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा समेत गरिब तथा विपन्न समुदायका बालबालिकाहरुलाई सहयोगको अपेक्षा समेत जाहेर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…