ड्रग्स ओसारपोसारको अखाडा बन्दै सिरहा, पुनः ४ पक्राउ
पछिल्लो समय सिरहा ड्रग्सको ट्रान्जिट पोइन्ट बन्दै गएको छ ।

२०७५ माघ २३ बुधबार, दिउँसो ३:४८ बजे१ मिनेट पढाइ

सिरहा, २३ माघ । सिरहामा लागुऔषधसहित चारजना पक्राउ परेका छन् । सिरहाको दुई छुटाछुटै स्थानबाट मंगलबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले चारजनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
सिरहा नगरपालिका १७ पटेर्वाबाट चेकजाँचको क्रममा एक जनालाई र सिरहा नगरपालिका १५ बाट तीन जनलाई लागुऔषधसहित पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सिरहा १ का २१ वर्षीय गणेश पासमान, सोही ठाउँका १८ वर्षीय राजेश पासमान, धनुषाको जनकनन्दनी गाउँपालिका २ का १९ वर्षीय बबलुकुमार यादव र उदयपुरको कटारी नगरपालिका ४ का ३४ वर्षीय बाबा तामाङ रहेका छन् ।
स ९ प ५४३१ नम्बरको पल्सर मोटरसाइकलमा सवार बबलुको साथबाट प्रहरीले फेनारगन १९९ एम्पुल, डाइजिल्याब १९९ एम्पुल र नुफिन २०० एम्पुल बरामद गरेको छ भने १५ मिनेटकै फरकमा सिरहा नपा १५ बाट चेकजाँचको क्रममा पक्राउ परेका तीनजनाको साथबाट १४ पिस नाइट्रोभेट ट्याब्लेट बरामद गरेको छ ।
सिरहा प्रहरीले सोमबार मात्र लागुऔषसहित नरहा गाउँपालिका ३ स्थित नयाँ चोहर्वाबाट गोलबजार नगरपालिका ८ का २२ वर्षीय दिपेन्द्र यादव र उदयपुरको कटारी नगरपालिका १ का २५ वर्षीय गोकर्ण थापालाई पक्राउ गरेको थियो ।
पछिल्लो समय सिरहा ड्रग्सको ट्रान्जिट पोइन्ट बन्दै गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…