'कमला बचाउ' को लागि मधेश सरकार अग्रसर, किसानलाई अनुदान दिइने
जवाफमा मन्त्री मण्डलले कमला नदी प्रदेशको धरोहर रहेको भन्दै त्यसलाई बचाउनको लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

२०७५ माघ १७ बिहीबार, बेलुकी ७:०७ बजे२ मिनेट पढाइ

जनकपुरधाम, १७ माघ । युवा अभियानी विक्रम यादवको अगुवाईमा संकल्पित "कमला बचाउ अभियान" लाई मधेश सरकारले पूर्णता दिने भएको छ ।
धनुषा जिल्ला र सिरहा जिल्लाको सीमानाको रुपमा रहेको पवित्र कमला नदी बचाउको लागि युवा अभियानी यादवले मस्यौदा तयार गरेपछि प्रदेश सरकारले त्यसलाई निष्कर्षमा पुरयाउनको लागि प्रदेश सरकारको तर्फबाट उधोग, पर्यटन बन तथा बातावरण मंत्रालयका राज्यमंत्री सुरेश मण्डल तथा कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले अग्रसरता जनाएका छन् ।
दिनानुदिन कमला नदीको बालुवा सतह बढदै गएकोले आसपासका गाउँ तथा खेतीयोग्य जमिन समेत मरुभूमि हुनेप्रति चिन्ता व्यक्त गर्दै अभियानी यादवले कमला बचाउको लागि भारतको जयनगरदेखि धनुषाको चिसापानीसम्म वृक्षारोपण र बगर खेतीलाई प्राथमिकता दिएका छन् ।
बुधबार वन राज्यमन्त्री सुरेश मण्डलसँग कुराकानी गर्दै अभियानी विक्रम यादवले कमला बचाउको लागि आवश्यक पहल गरिदिन आग्रह गरेपछि जवाफमा मन्त्री मण्डलले कमला नदी प्रदेशको धरोहर रहेको भन्दै त्यसलाई बचाउनको लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
विहिबार साँझ न्यूज ब्यूरोसँग कुराकानी गर्दै अभियानी यादवले भने, -"वन राज्य मन्त्री सुरेश मण्डल ज्यूसँग कमला बचाउ अभियानको बारेमा चर्चा परिचर्चा गरयौँ, उहाँ सरकारको तर्फबाट र व्यक्तिगत पनि उत्साहित देखिनुभयो । कमला बचाउ अभियानमा उहाँले हर तप्काबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।"
यता, कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले समेत कमला बचाउ अभियानमा पूर्ण सहयोग दिने बताएका छन् । विहिबार (आज) न्यूज ब्यूरोसँगको कुराकानीमा राज्यमन्त्री यादवले कमला मधेशको धरोहर र पवित्र नदी भएकोले पनि यसको बचाउको लागि प्रदेश सरकारले अग्रसरता देखाएको बताए । उनले भने, -" कमला बचाउ अभियानी साथीहरुलाई धन्यवाद दिन चाहन्छु , कृषी राज्य मन्त्रीको हैसियतले कमला किनारका किसानहरुले गर्नुपर्ने बगर खेतीको लागि हामीले पहलकदमी चाल्नेछौँ , जसबाट दुईतर्फा फाईदा हुनेछ । एक कमला नदीको दिनानुदिन बढदै गएको बालुवा सतह नियन्त्रण हुने र अर्को बगरखेतीबाट त्यहाँका किसानहरु प्रत्यक्ष लाभान्वित हुनेछ । "
बालुवालाई समेत उर्वरभूमि बनाउनको लागि अभियानीहरुको पहलकदमी अनुसार प्रदेश सरकारले हरेक तवरबाट सहयोग गर्ने जनाउँदै भारतको जयनगरदेखि चुरेक्षेत्रसम्म कमला बचाउको लागि तथा त्यस किनारका किसानहरुलाई बगर खेतीको लागि सहयोग अनुदान दिने प्रतिवद्धता जाहेर गरे ।
कमला किनारमा अहिले पनि जँगलबाट आएका निल गाई र वन सुँगुर (बँदेल) किसानलाई हैरान पारेका छन् भने बालीनालीलाई नष्ट पार्ने गरेको छ । यसप्रति वन मन्त्रालयलले सजगता अपनाउने बुझिएको छ ।
कमला बचाउ अभियानका अन्य समाचारहरु

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…