धनुषामा 'कमला बचाउ' महाअभियानको सुरुवात हुँदै
पर्यावरण साँझा सम्पति भएको भन्दै यसलाई बचाउनको लागि आम जनताले सदैव साथ दिने विश्वास लिए ।

२०७५ माघ १४ सोमबार, बिहान ९:१५ बजे२ मिनेट पढाइ

जनकपुरधाम, १४ माघ । धनुषा र सिरहा जिल्ला जोडने मधेशको मुख्य नदी कमला नदि बचाउ महाअभियान सुरु हुने भएको छ ।
दिनानुदिन कमलाको विनास र कमला नदिमा बालुवाको सतह बढदै गएको भन्दै समाजसेवीहरुले धनुषाको पूर्वी क्षेत्र बचाउको लागि कमला नदि संरक्षण मात्र विकल्प रहेको बताउँदै कमला नदि बचाउको लागि महाअभियान थाल्ने कार्यक्रम मिलाएको युवा समाजसेवी विक्रम यादवले बताए ।
दिनप्रतिदिन कमला नदिको कटान बढेको र वर वृक्षको अभावमै बालुवा वालुवै भएको भन्दै कमला नदि संरक्षणको लागि उक्त भेकका आम सर्वसाधारण जनताले अग्रसरता देखाउनुपर्ने बताए । कमला नदिको कटान रोक्न तथा नदिको मूल बचाउनको लागि भारत बिहारको जयनगरदेखि धनुषाको चिसापानीसम्मको सर्वसाधारणहरुलाई समिति गठन मार्फत बचाउको लागि नयाँ कदम उठाउने बताए ।
उनले भने, -"विश्वमा दिनप्रतिदिन पिउने पानीको मात्र कम हुँदै गएको छ , ७१ प्रतिशत सागर, समुन्द्रको खारा पानी रहेको छ भने बाँकी २९ प्रतिशत मात्र जमिन रहेको छ । त्यसमध्ये पनि १ प्रशितममा खाने पानीको मूल रहेको छ । त्यस १ प्रतिशतबाट पनि दिनप्रतिदिन जनसँख्याको चाप र उपभोगले गर्दा कम हुँदै भित्रबाट तानिने पानीको सतह समेत कम हुँदै गएको छ । यसलाई संरक्षणको लागि कमला नदि बचाउ अभियान प्रभावकारी हुनेछ । यस अभियानले पूर्वी क्षेत्रका तथा कमला नदि किनारका जनताहरुले प्रत्यक्ष लाभान्वित हुनेछ । आउने पीढीहरुको लागि वरदान साबित हुनेछ । यसको बचाउको लागि महाअभियान थाल्दैछौँ ।"
पर्यावरण बचाउको लागि कमला बचाउ अभियानको सुरुवात गर्न लागिएको भन्दै समाजसेवी विक्रम यादवले यसको लागि प्रदेश सरकारको सम्बन्धित मन्त्रालयसँग समेत समन्वय जारी रहेको बताए । पर्यावरण साँझा सम्पति भएको भन्दै यसलाई बचाउनको लागि आम जनताले सदैव साथ दिने विश्वास लिए ।
कमला नदि किनारका गाउँहरुमा वन कार्यालय धनुषा, वन निर्देशनालयको टोली समेत उक्त अभियानमा सघाउने जनाइएको छ । वन क्षेत्रबाट समाजसेवी सुरेश शर्माले समेत उक्त अभियानको कनसेप्टलाई सराहना गरेका छन् । कमला नदि किनारमा वृक्षारोपण गरी स्थानीय जनताहरुलाई नै समिति गठन गरेर संरक्षण गर्न आग्रह गर्ने कार्यक्रम रहेको छ ।
महाअभियान अन्तर्गत कमला नदि किनारका गाउँहरुमा जनचेतनामूलक कार्यक्रम, साँस्कृतिक कार्यक्रम, रयाली सहितका कार्यक्रमहरु मार्फत आम जनताको ध्यान पर्यावरण बचाउमा आकृष्ट गर्ने यादवले थपे । त्यसको लागि तयारी थालिसकेको भन्दै केही दिनमै अभियानको विधिवत सुरुवात हुने जनाए । कमला नदि मधेशको चर्चित नदिहरु मध्ये एक हुन् ।
अभियान थालनी पूर्व उनले आफ्नो फेसबुक स्टेटसमा लेखेका छन् :
"जमीन जल चुकी है आसमान बाकी है,
सूखे कुँए तुम्हारा इम्तहान बाकी है,
बरस जाना इस बार बकत पर हे मेघा, किसिका मकान गिरबि है, किसीका लगन बाकी है"
कमला बचाऊ अभियान के लेल सोच रहा हु ।इस अभियानमे बहुत ज्यादा ही साथियों सबके सहयोग और साथ से ही सफल होंगे।जय पर्यावरण,जय कमला!
कमला बचाउको लागि अभियानसँग जुडन- 9851171334 मा सम्पर्क गरी अभियानमा जोडिन सकिने छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…