पूर्व राजा ज्ञानेन्द्र उपर लेखेपछि एसएसपी कारबाहीमा , उम्कन शक्तिकेन्द्र धाउदै !
जनकपुरधाम, १६ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएको भन्दै फेसबुकमा आलोचना गर्ने सशस्त्र प्रहरीका एसएसपी गणेश ठाडामगर कारबाही हुन बाट बच्न विभिन्न शक्तिकेन्द्र धाईरहेका छन् । पटक पटक बिबादमा पर्दै आएका ठाडामगर यस पटक भने कारबाही हुन बाट उम्कन राजनीति दलका नेताको शरणमा पुगेका उनी निकट श्रो

२०७५ माघ १६ बुधबार, राति ९:१६ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १६ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएको भन्दै फेसबुकमा आलोचना गर्ने सशस्त्र प्रहरीका एसएसपी गणेश ठाडामगर कारबाही हुन बाट बच्न विभिन्न शक्तिकेन्द्र धाईरहेका छन् ।
पटक पटक बिबादमा पर्दै आएका ठाडामगर यस पटक भने कारबाही हुन बाट उम्कन राजनीति दलका नेताको शरणमा पुगेका उनी निकट श्रोत बताउँछन् । ‘सुरक्षाकर्मीले कुनै व्यक्ति तथा पार्टीको बारेमा आलोचना गर्न पाउँदैनन् । तटस्थ हुुनपर्छ,’ सशस्त्रका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले भने, ‘सामाजिक सञ्जाल सञ्चालनबारे कार्यविधि नै बनाएर लागू गरेका छौँ ।’ त्यसकारण उनी कारबाहीबाट बच्न यश पटक गार्हो छ उनले भने ।
केही समयअघि पनि कार्यविधिविपरीत सामाजिक सञ्जाल चलाउनेलाई कारबाही गरिएको उनले बताए । स्रोतका अनुसार संगठनबारे नकारात्मक कुरा फेसबुकमा सेयर गर्ने केही अधिकृतमाथि पनि कारबाही प्रक्रिया सुरु भएको छ ।
यसरी जथाभावी फेसबुकमा जे पायो त्यही लेख्ने कर्मचारीलाई कारबाही भएन भने सम्पुर्ण शसस्त्र प्रहरी सङ्ठन माथीको बिस्वस्नियता नै गुम्ने खतरा रहेको बिज्ञहरु बताउँछन् ।
अब समाजिक संजालमा राजनीतिक टिप्पणी गर्नदेखि युनिफर्म लगाएको फोटो राख्न बन्देज
सशस्त्र प्रहरीमा सामाजिक सञ्जाल सञ्चालन कार्यविधिमा कडाइ गरिएको छ । सामाजिक सञ्जालमा विवादास्पद समाचार सेयर गर्न र टिप्पणी लेख्न रोक लगाएको छ । यस्तै, राजनीतिक टिप्पणी गर्न नपाइने, युनिफर्म लगाएको फोटो राख्न नपाइने, संगठनका गोप्य विषय राख्न नपाइनेजस्ता विषय कार्यविधिमा छन् । सामाजिक सञ्जाल चलाउनेको निगरानी हुने गरेको सशस्त्रका प्रवक्ता श्रेष्ठले बताए ।
कार्यविधि यसअघि नै निर्माण गरेर कार्यान्वयनमा ल्याइए पनि अहिले कडाइ गरिएको हो । सशस्त्र मुख्यालयले सबै कार्यालयलाई सर्कुलर गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…