एकैपटक ७ ट्रिपरमा आगजनी, रणभूमि बन्यो विराटनगर !
अवस्था तनावग्रस्त बनेपछि मोरङ प्रशासनद्धारा विराटचोकमा निषेधाज्ञा जारी गरिएको छ ।

२०७५ माघ १४ सोमबार, दिउँसो १२:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, मोरङ । मोरङमा ट्रिपरको ठक्करबाट एक बालिकाको ज्यान गएपछि स्थानीयहरुले ७ वटा ट्रिपरमा आगजनी गरेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराटचौकमा ट्रिपरले ठक्कर दिदा स्कूले बालिकाको मृत्यू भएपछि आक्रोशित स्थानीयले ७ वटा ट्रिपरमा आगजनी गरिदिएका हुन् ।
ठक्करबाट स्थानीय विद्यालयमा कक्षा तीनमा अध्ययनरत बालिका लक्षमी ढकालको घटना स्थलमै मृत्यु ज्यान गएको छ ।
दुर्घटनापछि स्थानीयबासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा तोडफोड समेत गरेका छन् ।
स्थानीय बासिन्दाले टिप्पर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ ।
अवस्था तनावग्रस्त बनेपछि मोरङ प्रशासनद्धारा विराटचोकमा निषेधाज्ञा जारी गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…