
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
कञ्चनपुर, ४ पुस : वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ । वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी गोठ

२०७४ पुस ४ मंगलबार, बिहान ९:४८ बजे२ मिनेट पढाइ
कञ्चनपुर, ४ पुस : वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ ।
वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताउनुभयो ।
“छाउपडी कुरीतिको रुपमा रहेको छ, कानूनले पनि यसलाई अवैध भनेको छ” उहाँले भन्नुभयो, “महिला अझै पनि छाउपडी गोठमा बसेकाले भत्काएका हौँ ।” अभियान सबै वडामा लगिने जनाइएको छ ।
गोठ भत्काउने अभियानमा वडाध्यक्षहरुले पनि साथ दिएका छन् । वडा नं १ का अध्यक्ष हरि गिरी र २ का अध्यक्ष नरेशबहादुर सिंहले गोठ भत्काउन स्थानीय बासिन्दासँगै बस्तीमा पुगेर सहयोग गर्नुभएको छ ।
वडा नं १ का अध्यक्ष गिरीले छाउपडी गोठमा बस्दा महिला असुरक्षित हुने भएकाले भत्काउनमा सहयोग गरिएको बताउनुभयो । “गोठ घरबाट टाढा हुुन्छ, त्यसरी बस्दा बलात्कारमा परेका केस आएका छन्, चोरी डकैतीको डर हुन्छ” उहाँले भन्नुभयो, “महिलालाई सुरक्षित बनाउन गोठ नभत्काई हुँदैन ।” घरबाट टाढा गोठमा बस्दा परिवारका अन्य सदस्यसित सम्पर्क समेत हुन नपाएर विगतमा महिलाले धेरै दुःख पाएको अध्यक्ष गिरीले बताउनु्भयो ।
वडा नं १ मा १२ र २ मा ३२ छाउपडी गोठ भत्काइएका छन् । गोठ भत्काउनुअघि संघसंस्थाले महिलासित जनचेतनामूलक कार्यक्रम गरेको थिए । महिलालाई कार्यक्रममा सहभागी गराएपछि गोठ भत्काउन थालिएको केन्द्रका अध्यक्ष बोहराले बताउनुभयो ।
सर्वोच्च अदालतले छाउपडी प्रथालाई अवैध घोषणा गरेपछि सरकारले यसको न्यूनीकरणका लागि कानून बनाएको छ । कानूनका आधारमा स्थानीय तहमा छाउपडी न्यूनीकरणका लागि समिति गठन गरिएका छन् । सुदूरपश्चिममा रजस्वला भएकाहरु समयमा पाँच दिनसम्म घरभन्दा बाहिर बनाइएको गोठमा बस्छन् । त्यहीं गोठलाई छाउपडी गोठ भन्ने गरिएको छ । कृष्णपुर, वेदकोट र झलारीमा सबैभन्दा बढी छाउपडी गोठ छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
सह-सम्पादक
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
आइतबार · चतुर्दशी

आइतबार · चतुर्दशी
दिपावली | लक्ष्मी पूजा, दियावाती, कुकुर तिहार, नरक चतुर्दशी
कुकुर तिहार, जसलाई नरक चतुर्दशी पनि भनिन्छ, नेपालमा मनाउने एक विशेष पर्व हो। यो दिन कुकुरलाई पूजा गरिन्छ र तिनीहरूको साथको महत्त्वलाई सम्मान गरिन्छ। कुकुरलाई मालिस र प्रिय खानेकुरा दिएर उनीहरूको सेवाको सराहना गरिन्छ। यो पर्व नरक चतुर्दशीसँग सम्बन्धित रहेकोले, दिनभर विशेष धार्मिक क्रियाकलापहरू पनि गरिन्छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २२ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…