धनुषामा गाँजा सहित दुई जना पक्राउ
करिब ७ ८ बर्ष देखि पुरिया बनाई बेच्दै आएको दुबै जना लाई पक्राउ गरि लागू औषध सम्बन्धि मुद्दा चलाएको छ ।

२०७५ माघ ४ शुक्रबार, राति ८:२५ बजे१ मिनेट पढाइ

धनुषा, ४ माघ । धनुषामा लागू औषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
धनुषाधााम स्थित ईलाका प्रहरी कार्यलय धनुषाधामका प्रहरी निरिक्षक हिरन कुमार यादवको नेतृत्वमा गएको प्रहरी टोलीले धनुषाधाम स्थित रहेको सुब्बा कुटी नजिक अवैद्य गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
सुब्बा कुटी छेउमा रहेको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । पकाउ पर्नेमा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. २ मखनपुर निबासी ६५ बर्षिय नथुनी दास र सहिद नगरपालिका वडा नं. ५ का ६० बर्षिय मंगल दास रहेको छ । करिब ७ ८ बर्ष देखि पुरिया बनाई बेच्दै आएको दुबै जना लाई पक्राउ गरि लागू औषध सम्बन्धि मुद्दा चलाएको छ ।
दैनिक युबाहरु ४० देखि ५० ओटा सम्म गाँजा खाने युबाहरुको आवत जाबत रहेको एक स्थानीयले बताए । यसैगरि धनुषाधाम नगरपालिका वडा नं. १ का १६ बर्षिय कमल मण्डल , वर्ष २२ का धर्मेन्द्र साह गाँजा खाएर उच्छृँगल गतिविधि गर्दै गर्दा प्रहरी सोधपुछ गर्दा मुख लगाएपछि पक्राउ गरि सार्वजनिक मुद्दा चलाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…