आठ हजार घुससहित इन्जिनियर यादव अनुसन्धान को फन्दामा
सव ईन्जिनियर रँगेहात पक्राउ

२०७४ पुस ३ सोमबार, राति ८:४५ बजे१ मिनेट पढाइ

गणेश कुमार ठाकुर (शर्मा) सिरहा,पौष ३ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जिनियर रामबहादुर यादवलाई लहानमा पक्राउ गरेका छन् । लक्ष्मीपुर पतारी साविक वडा ३ का रामजानकी कन्ट्रक्शन दर्ताको लागि सिफारिस पाउंन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय सिरहामा निवेदन दिएका थिए ।
सिफारिस वापत इन्जिनियर यादवले घुस माग गरेको थियो ।कार्यालयमा घुस लिन नमिल्ने भन्दै रामजानकी कन्ट्रक्शनका प्रोपराइटरपक्षले लहानको महावीर मिष्ठान भण्डारमा आठ हजार रुपैयां इन्जिनियर रामबहादुर यादवलाई दिने क्रममा अख्तियारका टोलीले पक्राउ गरिएको एसपि कृष्णसिंह थापाले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय लहानले रामजानकी कन्ट्रक्शन दर्ताको लागि जिल्ला प्राविधिक कार्यालय सिरहाको सिफारिस माग गरिएको थियो । पक्राउ परेका यादवलाई विशेष अनुसान्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी लगिएको र भोली काठमाडौं पठाउने एसपी कृष्णसिंह थापाले बताए ।
सिफारिस लामो समयदेखि नपाउंदा रामजानकी कन्ट्रक्शन दर्ता गराउंने पक्षले आक्रोशित भएर अख्तियारमा जानकारी गराएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…