जनकपुरको राराब कलेज हो की राजपाको पार्टी कार्यालय ?
विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने अधिकार कसले दियो उनीहरुलाई ?

२०७५ पुस १६ सोमबार, बिहान ८:४२ बजे२ मिनेट पढाइ

सम्पादकीय | नेपाल सरकारले संविधानमै विद्यालयलाई क्षेत्रमा शान्ति क्षेत्र तथा राजनीतिमुक्त क्षेत्र घोषणा गरिसकेको छ । तत्पश्चात पनि कुनै बेला जनकपुरधामको शानको रुपमा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) केही दिनदेखि राजनीतिक पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) को पार्टी अड्डा बनाएको देखिएको छ ।
केही दिन मात्र कक्षा बन्द हुँदा क्याम्पस प्रमुखलाई नै कालोमोसो दल्ने ती राजपाका भातृ संगठन विद्यार्थी संगठन र केही कार्यकर्ताले नयाँ चयन गरिएको राजपाको जिल्ला अध्यक्ष मण्डल सदस्यलाई देखाबटी स्वागत गर्नको लागि सिँगो क्याम्पस नै आईतबार बन्द गरियो । कक्षा सँचालनको नाममा कथित आन्दोलन गरी पार्टीको अखाडा बनाएका राजनीतक दलका भातृ संगठन र राजनीतिक दलका केही नेताले आफ्नो पैतृक नीजि सम्पति जस्तै बनाएर राखेको प्रत्यक्ष हेर्न सकिन्छ ।
"कक्षा बन्द हुदा क्याम्पस प्रमुखलाई कालो मोसो तर अध्यक्ष मण्डलका सदस्य बन्दा कक्षा बन्द गराई माला अबिरले स्वागत ? रा.रा.ब. क्याम्पस जनकपुरमा विगत केही दिन अगाडि विद्यार्थीको पठनपाठनमा केहि समस्या आउदा रा.ज.पा. निकट विद्यार्थी नेताको नेतृत्वमा क्याम्पस प्रमुखलाई कालोमोसो गरेको थियो तर आज आफ्नो अध्यक्ष मण्डलका सदस्यलाई स्वागत गर्न सम्पूर्ण संकायका विद्यार्थी साथीहरुको कक्षा बन्द गराई अबिर मालाले स्वागत गरियो । उहाँ को पद लाई हामी पनि स्वागत गर्दछु तर विद्यार्थीको पठ्न पाठ्न बन्द गराई स्वागत गराउनु विद्यार्थीको भविष्य संग खेलवाड गर्नु भएन र ?" - एक विद्यार्थीले लेखेका छन् ।
कानुन सबको लागि बराबर छ । जसरी आफ्नो हक अधिकारको नाजायज फाईदा उठाउँदै राजपा निकट विद्यार्थी संगठनले क्याम्पस प्रमुखलाई कालोमोसो दले, क्याम्पसमा विद्यार्थी आउने गरेको तर प्रोफेसरहरु नियमित पठनपाठन नगराएको आरोपमै कालोमोसो दलेको प्रष्ट छ । तर, त्यही अवस्था आईतबार राराब क्याम्पस पुनः सृजना गरियो र त्यस्तो अवस्थामा एक राजनीतिक पार्टीका नेतालाई स्वागतको लागि गरिएको कारनामा विरुद्ध राजनीतिक दल निकट विद्यार्थीहरुले क्याम्पस प्रमुखकै प्रकरण दोहरयाएको भए कानुन सँगत र राराब क्याम्पस सहित क्याम्पस प्रमुख र भविष्य सुधारको लागि कलेज गएका ती निमुखा विद्यार्थीहरुसँग न्याय हुन्थ्यो की ?
राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले आफ्ना आको निजी सचिवालय बनाएको देखिएको छ । कुनै बेला संघीय समावादी फोरम निकट, कुनै बेला राजपा त कुनै बेला काँग्रेस निकट तथा एमाले निकट विद्यार्थी संगठनहरुले राराब क्याम्पसलाई नीजि सचिवालय बनाएकै हुन् । अनि स्वतन्त्र विद्यार्थीको नाराकै आडमा विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने अधिकार कसले दियो उनीहरुलाई ? यसको निर्णय अब विद्यार्थीहरु, अभिभावक र सरोकारबाला निकायले गर्नु जरुरी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…