जनकपुरधामको सरसफाईमा जनकपुरका युवा !
सम्बन्धित निकाय भाषणमा मात्र सिमित रहेका बेला युवाहरु सरसरफाईमा ।

२०७५ पुस १४ शनिबार, बिहान १०:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । फोहोरै फोहरले भरिएको जनकपुरधामलाई सफा बनाउन जनकपुरका युवाहरु सफाईमा जुटेका छन् । जनकपुरका एलाईन्स युवा क्लब र एकीकृत बाल क्लबका युवाहरु जनकपुरधामलाई नाम झैँ सुन्दर बनाउन सप्ताहिक सरसफाई अभियान अन्तर्गत प्रत्येक शनिवार सरसफाई गर्दै आएका हुन् ।
युवाहरु जनकपुरको सफाई गर्न तम्सिएसँगै पाचौं सप्ताह शनिवार जनकपुरको चिल्ड्रेन पार्कको सफाई गरेका छन् ।
क्लबका युवाहरुको समुहले एकाविहानै हातमा सरसफाई गर्ने सामाग्री सहित सफाईमा जुटेको देखियो । सरसफाई कार्यक्रमका अध्यक्ष ईजाज अन्सारीको नेतृत्व तथा राजपा नेपालका युवा नेता प्रसान्त झा, राराबका विद्यार्थी नेता रोशन मिश्रा, युवा अभियन्ता किशन साह लगायत फैजल राईन, आदित्य यादव, क्युम राईन लगायतका युवाहरूको विशेष पहल तथा सहभागितामा सरसफाई गरिएको हो ।
उनीहरुले बाटोघाटोमा जताततै रहेका फोहरहरुलाई समेत एक ठाउँमा राखेर व्यवस्थापन गरेका छन् । सफाई अभियान अबदेखि अझ बृहत्त हुने बताउँदै प्रत्येक शनिवार सफाई अभियान जारी रहने नेतृत्वकर्ता अन्सारीले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायहरु भाषणमा मात्र सिमित रहेर मौन रहेका बेला युवाहरु सरसफाईको आवश्यकता औल्याउँदै सफाई अभियानमा जुटेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…