एकै गरिबको भार उठाउन नसक्ने नेताले '१०१' किलोको माला कसरी थाम्छ ?
सम्पादकीय | समग्र नेपालमा त नभनौ तर, नेपालकै मधेशमा एउटा प्रचलन आजकल भाईरल बनेको छ, त्यो हो फलानो नेतालाई १०१ किलोको माला । हुनत कोही कोही नेतालाई १०५ किलो, ११० किलो, २५० किलोसम्मको पनि माला लगाएर हनुमानत्व प्रदर्शन नगरेको पनि होईन । आज आवाज उठेको छ समाजिक सञ्जालहरुमा की २ सय ५० किलो मालाको मूल्यलाई

२०७५ पुस ७ शनिबार, दिउँसो १२:४० बजे१ मिनेट पढाइ

सम्पादकीय | समग्र नेपालमा त नभनौ तर, नेपालकै मधेशमा एउटा प्रचलन आजकल भाईरल बनेको छ, त्यो हो फलानो नेतालाई १०१ किलोको माला ।
हुनत कोही कोही नेतालाई १०५ किलो, ११० किलो, २५० किलोसम्मको पनि माला लगाएर हनुमानत्व प्रदर्शन नगरेको पनि होईन । आज आवाज उठेको छ समाजिक सञ्जालहरुमा की २ सय ५० किलो मालाको मूल्यलाई एक गरिबमा बाँडेपछि ती नेतालाई ५५० किलो मालाजतिको सम्मान दीर्घकालिन सम्म हुन सक्छ । तर विडम्बना यहाँका नेताहरुले पहिले सेटिँग मिलाउँछ । आफ्ना हनुमानहरुलाई रकम दिन्छ मालाको र भन्छ म त्यो कार्यक्रममा आउँदैछु, मलाई यति किलोको माला लिएर स्वागत गर अनि न भारी हुन्छु म ।
अचेल त्रेता युगका हनुमानलाई भजाँएर खाने मधेशी मूलका ती नेताका ती कार्यकर्ताले त्यतिको जाडोमा नेताको कार्यक्रममा दालमोठ चुरामा बोलाइएको एक गरिब असहायले घण्टौसम्म कठयाङग्रीएर नचाहँदा नचाहँदै पनि बेतुका भाषण सुन्न बाध्य हुन्छ र साथ दिन्छ बसेर । शितलहरमा जीउमा कपडाको लागि भोकै बसेका ती गरिब टुलुटुलु भाषण सुनी बस्छ भने मँचमा आउने नेतालाई देखाबटी सत्कारमा १० हजारको मालाले स्वागत गरिन्छ ।
केही घण्टामै ती माला खुट्टामुनी कुचलिन्छ र आसाले पलाएको मन लिएर आएका ती गरिबले २५ ग्राम दालमोठ र ५० ग्राम च्युरा खाएर दिन काटिन्छ । अब बुद्धिजीवीहरुले, युवाहरुले धिक्कार गर्छ त्यस्ता नेतालाई जो देखावटीको लागि जेपनि गर्न तयार हुन्छ । सम्मान गर्नु उचित हो र सम्मान भने अन्तरआत्मादेखि हुनुपर्छ । जनता है सब जानती है ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…