सर्लाहीमा १ युवकको विभत्स हत्या !
धारिलो हतियारले टाउको क्षत विक्षत बनाएको अवस्थामा शव फेला परेको

२०७५ पुस ७ शनिबार, दिउँसो १२:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा एक युवकको विभित्स हत्या गरिएको छ । सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बरहथवा नगरपालिका–५ का विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको विभित्स ढंगले हत्या गरिएको हो ।
धारिलो हतियारले टाउको क्षत विक्षत बनाएको अवस्थामा घर नजिकैकै सडकमा शनिबार बिहान महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्या घटनाबारे बिहान ४ बजे थाहा भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक आमोद खैरवारले जानकारी दिए ।
नयाँरोड–बरहथवा सडकखण्डबाट हात्तीडण्डा तर्फ जाने भित्रीबाटोमा टाउको क्षत विक्षत भई घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…