रौतहटमा न्याय समितीको सचिवालय
रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिकामा एक कार्यक्रमबीच न्यायिक समिति सचिवालयको विधिवत उदघाटन गरिएको छ । नगरपालिका कार्यालयको आयोजनामा भएको कार्यक्रममा रौतहट जिल्ला अदालतका माननीय जिल्ला न्यायधीश लेखनाथ ढकालले न्यायिक समितिको सचिवालयको उदघाटन गरेका हुन् । उदघाटन समारोहको सम्वोधन गर्दै प्रमुख जिल्ला

२०७५ पुस ५ बिहीबार, बिहान १०:२० बजे२ मिनेट पढाइ

रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिकामा एक कार्यक्रमबीच न्यायिक समिति सचिवालयको विधिवत उदघाटन गरिएको छ ।
नगरपालिका कार्यालयको आयोजनामा भएको कार्यक्रममा रौतहट जिल्ला अदालतका माननीय जिल्ला न्यायधीश लेखनाथ ढकालले न्यायिक समितिको सचिवालयको उदघाटन गरेका हुन् ।
उदघाटन समारोहको सम्वोधन गर्दै प्रमुख जिल्ला न्यायधीश ढकालले संघीय संरचनाले न्यायिक समितिलाइ थप जिम्मेवार बनाएको बताएका छन । न्यायिक समितिले समाज ,गाँउ घरमा हुने सामान्य वाद विवादको निरूपण गर्ने कार्यमा ठूलो भमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन ।
ढकालले न्यायीक सिमा भित्र रहेर न्याय सम्पादन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । न्याययिक निकायको पनि कानुनी दायरा र कार्यविधि भएकोले त्यसै बमोजिम कलम चलाइनुपर्ने र त्यसमा निस्पक्षता झल्किनुपर्ने उनको भनाइ थियो। ढकालले आफू न्याय सम्पादनको क्षेत्रमा सहयोग गर्न आफू चौबीसै घन्टा त्यार रहेको प्रतिबद्धता समेत ब्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै न्यायिक समितिके सभापति एवं गरुडा नगरपालिकाके उपमेयर रंगिलादेवी जयसवालले न्याय समितीबाट स्वतन्त्र ,स्वच्छ अनि निष्पक्ष ढंगसे न्याय सम्पादन गरेर पीडित जनतालाइ न्यायको प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गरिन । साथै उपमेयर जयसवालले नगरपालिकाको न्यायिक समितिलाई स्वच्छ, न्यायपुर्ण र स्वतन्त्र राख्न जिल्लाको प्रबुद्ध व्यक्तिसँग सहयोगको लागि आग्रह समेत गरिन ।
न्यायिक समितिमा उपमेयर जयसवाल , वडा नम्बर २ का वडाध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का वडाध्यक्ष रामेश्वर राय यादव रहेका छन । न्यायिक समितिको सचिवालय संचालनमा आएको र साथै इजलासको उदघाटन समेत भैसकेकोले ५ गतेदेखि नै इजलास संचालनमा आउने सभापति जयसवालले जानकारी दिइन।
प्रमुख श्री इन्नु राय यादव ज्यूको सभापतित्वमा संपन्न भएको उदघाटन कार्यक्रमम न्यायिक समिति संयोजक श्री रंगीला कुमारी जयसवाल सँगै गौर नगरपालिकाका उप प्रमुख श्री किरण ठाकुर , राजदेवी नगरपालिकाका उप प्रमुख अंशु सिंह , बौधीमाई नगरपालिकाका उप प्रमुख प्रेमलता कुशवाहा , यमुनामाई गाउपालिकाका उपाध्यक्ष गीता देवी साह ज्यू विशिष्टअतिथ्यित तथा रौतहट जिल्ला अदालतका श्रेष्तादार गुणराज पराजुली लगायत ९ वटौ वडा अध्यक्ष ,नगर कार्यपालिका सदस्यगण, विषयगत समितिका संयोजक तथा पदाधिकारी लगायत बुद्धिजीवि, समाजसेवी, पत्रकार सुरक्षाकर्मी, नागरिक समाजका अगुवा हरुको उपस्थति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…