पेस्तोल सहित धनुषाबाट एक युवक पक्राउ
हात हतियार खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान

२०७५ पुस ४ बुधबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले पेस्तोल सहित एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गर्दै धनुषा जिल्ला हँसपुर नगरपालिका वडा नं. ७ नौवाखोर बस्ने बर्ष ३१ का बच्चन भन्ने बेचन मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
मँगलबार दिउँसो करिब ३ बजेको समयमा हँसपुर नगरपालिका वडा नं. ५ निकाल चोकमा हतियार सहित ती युवक भएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिगएको टोलीले उनलाई चेकजाँच गर्दा 9 MM को राउण्डल लाग्ने १ थान पेस्तोल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डलको साथबाट 9 MM म्यागजीन १ थान, 9 MM को राउण्ड ६ थान, ज ६ प ५१९२ नम्बरको होण्डा कम्पनीको ११० सिसीको ड्रिम मोटरसाईकल र एक थान स्यामसँग कम्पनीको मोबाईल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मण्डललाई हात हतियार खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…